धरान/ सुनसरीको बर्जु गाउँपालिकाको भित्री सडक खण्ड हुँदै अवैध रुपमा लागुऔषध गाँजा ओसारपसार हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मिति २०८२ साल साउन १६ गते साँझ ७:४० बजे बर्जु गाउँपालिका–३, धत्ता टोल हुँदै कैसलिया खोला पार गर्दै विराटनगरतर्फ जाँदै गरेको को.२ ह. १५१४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटो चालक प्रहरी टोलीलाई देखेपछि उखुबारीतर्फ भागेर फरार भएका थिए। अटोमा चेकजाँच गर्दा पाँच वटा जेब्रा झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने १२८.४५ केजी (एक सय अठाइस किलोग्राम चार सय पचास ग्राम) पदा
धरान । लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानबाट दुई जना मोटरसाइकलसहित पक्राउ परेका छन्। २०८२ साउन १५ गते साँझ ६:५५ बजेको समयमा धरान उपमहानगरपालिका–२० स्थित सिरिसेबास हिले खोला क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा २४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ जलारा निवासी ३२ वर्षीय बिरेन राई र सोही गाउँपालिका–८ खुडीका ३८ वर्षीय मोहन राई रहेका छन्। बिरेन राईको को.३८प २६९६ नम्बरको मोटरसाइकलमा १३.११५ केजी (तेह्र किलो एक सय पन्ध्र ग्राम)
फिदिम/ पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमानको प्रहारबाट गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा निधन भएको हो। पुलिसका अनुसार राईलाई उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालोले प्रहार गरेका थिए। अनु राई फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार तामाङ ससुराली आएका बेला पारिवारिक विवादका क्रममा कोदालो प्रहार गरेका थिए। कोदालोको पासोले लागेको घाउ ग
धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् । वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्य
काठमाडौं/ आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतीपात
विराटनगर/ बर्षेनी हुने हात्ती आतंकका कारण कोशी प्रदेशमा ९७ जना मानिसको मृत्यु भएको छ।यो दुई दशकको समया अवधिमा मान र हात्ती द्वन्द्व अत्यन्तै जटिल बन्दै गएको छ । प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२–०६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भइसकेको छ ।हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन् । यसै अवधिमा ४१ वटा जंगली हात्ती पनि मरेका छन् । कतिपय हात्ती गोली हानेर मारिएको अवस्थामा भेटिएका छन् । कतिपय करेन्ट लागेर र केही आफैं मृत फेला पर्ने गरेका छन् ।निर्देशनालयका प्रमुख डा. इन्द
विराटनगर/ कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेका छन भने चार सय १८ जनाल ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए। प्
धरान/ लागू औषधको कारोबार नियन्त्रण अभियान अन्तर्गत सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मंगलबार साँझ सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकस्थित चिरौलिचोकबाट ईनरुवा तर्फ पैदल आउँदै गरेका दुई युवाको साथबाट लागू औषध फेला परेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा लागू औषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका–६ का २४ वर्षीय कुमार राई र सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ का करिब २९ वर्षीय
झापा/ “१७ वर्षदेखि छोरालाई काँधमा बोक्दै आइरहेको छु। आज नगरपालिका मार्फत सीपी ह्वीलचेयर पाएपछि पहिलो पटक सास फेरेजस्तो लाग्यो,” भावुक हुँदै भने मेचीनगर–१ निवासी भूमिका गुरागाई। उनको १७ वर्षीय छोरा राहुल गुरागाई जन्मजातै अपांग छन्। न हातखुट्टा चल्छ, न बोल्न सक्छन्, न हिँड्न। सधैं ओछ्यानमै हुन्छन् — ओछ्यानमै दिशापिसाब गर्छन्। कतै लैजानु परे काँधमा बोक्नु पर्ने बाध्यता थियो। तर अब उनलाई सँगै लैजान सकिने भएपछि भूमिकाको परिवारमा खुसी छाएको छ। २०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण झापाको मेचीनगर नगरपालिकाले सोमबार करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश स
रसुवा/ धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। प्रहरीका अनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए भने साउन ११ गते गोसाइँकुण्ड पुगेका थिए। कुण्डमा स्नान गर्ने क्रममा एक्कासि डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्दा आज बिहान दुवै जनाको शव फेला परेको हो। डुबेको देखेपछि तीर्थयात्रीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराए पनि तत्काल उद्धार सम्भव नभएको बताइएको छ। त्यसपछि नेपाल प्रहरी, सशस्त