हात्ती आतंकले ९७ जनाको मृत्यु,४१ वटा हात्तीको मृत्यु

  • साउन १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

विराटनगर/  बर्षेनी हुने हात्ती आतंकका कारण कोशी प्रदेशमा ९७ जना मानिसको मृत्यु भएको छ।
यो दुई दशकको समया अवधिमा मान र हात्ती द्वन्द्व अत्यन्तै जटिल बन्दै गएको छ ।

प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२–०६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भइसकेको छ ।हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन् ।

यसै अवधिमा ४१ वटा जंगली हात्ती पनि मरेका छन् । कतिपय हात्ती गोली हानेर मारिएको अवस्थामा भेटिएका छन् । कतिपय करेन्ट लागेर र केही आफैं मृत फेला पर्ने गरेका छन् ।
निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार हात्तीले सबैभन्दा बढी क्षति झापा जिल्लामा पुर्याएको छ । भारतको उत्तरबंगाल क्षेत्रबाट झापा हुँदै कोशी प्रदेशमा हात्ती प्रवेश गर्ने भएकाले त्यहाँ मानवीय तथा वन्यजन्तुजन्य क्षति बढी भएको उनले बताए ।

उनका अनुसार २ दशकको अवधिमा झापामा मात्रै ७२ जनाको मृत्यु भएको छ । मोरङमा १७, सुनसरीमा ७ र इलाममा १ जनाले ज्यान गुमाएका छन् ।
हात्तीको मृत्युदर पनि झापामै उच्च देखिएको छ । झापामा २५ वटा हात्ती मरेका छन् भने मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा एएटा हात्तीको ज्यान गएको छ । धेरैजसो हात्तीको मृत्यु करेन्ट लगाइएको, विष खुवाइएको वा गोली प्रहारजस्ता घटनाबाट भएको पाइन्छ ।

डा. सापकोटाका अनुसार वन्यजन्तु संरक्षण र यसले मानव सुरक्षामा पार्ने असर नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । उनले वन्यजन्तुजन्य क्षतिपूर्ति र राहतमा ठूलो रकम खर्च हुने गरेको बताए ।
सरकारले हात्तीको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरेको छ । त्यस्तै, गम्भीर घाइतेलाई १ लाख रुपैयाँ र सामान्य घाइतेलाई २५ हजार रुपैयाँसम्मको उपचार सहयोग दिइँदै आएको छ ।हातीसँगको द्वन्द्व रोक्नका लागि कोशी प्रदेश सरकारले पनि पहल थालेको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा बाली बिमा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम अघि बढाइएको निर्देशनालय प्रमुख सापकोटाले बताए ।‘कार्यक्रम प्रभावकारी भयो भने यसको दिगोपना सुनिश्चित गर्न कानुनी रूपमै संघीय सरकारसँग समन्वय गरिनेछ,’ उनले भने । स्थानीय समुदायको सहभागिता, सतर्कता र चेतना नबढाई मानव–हात्ती द्वन्द्व समाधान सम्भव नहुने सापकोटा बताउँछन् ।झापा, मोरङ र सुनसरीका विभिन्न बस्ती हात्तीको नियमित प्रवेश मार्गमै परेका छन् ।

बर्सेनि बालीमा क्षति गरिदिने भएपछि किसानहरू आजित बनेका छन् । कतिपय स्थानीयले हात्तीबाट बच्न विद्युतीय तार, करेन्ट र विष प्रयोग गर्न थालेका छन् । जसका कारण हात्तीको मृत्यु भइरहेको छ । तर, वन ऐनले यस्ता गतिविधिलाई गैरकानुनी मान्छ ।

मानव–हात्ती द्वन्द्वलाई दीर्घकालीन रूपमा समाधान गर्न राहत र क्षतिपूर्ति दिने उपाय मात्रै पर्याप्त नभएको सरोकारवाला बताउँछन् । उनीहरुका अनुसार हात्तीको मार्ग तथा समयअनुसारको व्यवहारको अध्ययन गरेर वन मार्ग व्यवस्थापन, सुरक्षित जैविक कोरिडोर निर्माण र वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई सहभागी गराउनु नै दीगो समाधानको बाटो हुन्छ ।कोशी प्रदेशको तराईका वन क्षेत्र हात्तीको बसोबास र पारगमन दुवैका लागि महत्त्वपूर्ण मानिन्छन् ।

तर, वन क्षेत्र खुम्चिँदै जाँदा र मानव बस्ती तीव्र गतिमा फैलिँदै गर्दा मानवीय क्षति र द्वन्द्व बढ्दो छ । सरोकारवालाहरु मानव र हात्ती दुवैलाई सुरक्षा दिन सक्ने व्यवस्थापन प्रणाली तयार पार्नु आजको आवश्यकता भएको बताउँछन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved