सुनसरीबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

  • साउन १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लागू औषधको कारोबार नियन्त्रण अभियान अन्तर्गत सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

मंगलबार साँझ  सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकस्थित चिरौलिचोकबाट ईनरुवा तर्फ पैदल आउँदै गरेका दुई युवाको साथबाट लागू औषध फेला परेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा लागू औषध ब्राउन सुगर  बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका–६ का २४ वर्षीय कुमार राई र सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ का करिब २९ वर्षीय सोबित तामाङ रहेका छन्।

कुमार राईको साथबाट ३.०२ ग्राम (तीन ग्राम बीस मिलिग्राम) र सोबित तामाङको साथबाट १.७४ ग्राम (एक ग्राम सात सय चालिस मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

हाल दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषध सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved