स्वास्थ्य

    Showing ४६१-४७० of २,६११ items.
  • वराहक्षेत्रमा वर्षाको प्रभाव : डुवान पीडितलाई उद्धार, राहत र उपचारमा स्थानीय सरकार सक्रिय

    वराहक्षेत्र/  असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले वराहक्षेत्र नगरपालिकाका दर्जनभन्दा बढी बस्ती जलमग्न बनेका छन्। वडा नं ३ को नडाहा, इक्राई, वडा नं ४ को प्रतापपुर–दुब्याही, वडा नं ६ को ठाकुरवारी, वडा नं ९ को राजावास र वडा नं १० को विद्यालय पछाडिका क्षेत्र विशेष प्रभावित बनेका थिए। अर्का क्षेत्रका पीडितहरूको दैनिकी सामान्य बन्दै गए पनि वडा नं ४ र वडा नं ११ का डुवान पीडितहरू अझै कष्टकर जीवन बिताइरहेका छन्। वडा नं ४ का प्रभावितहरूलाई खाद्यान्न र स्वास्थ्य समस्याले सताएको छ भने वडा नं ११ का पीडितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानु परेको थियो। नगरपालिकाले&n

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ७१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विरामीलाई राहत दिने बीपी प्रतिष्ठानको नयाँ निर्णय, अब पेइङ सेवामा अतिरिक्त शुल्क नलाग्ने

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीहरुको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत हुने गरि निर्णय गरेको छ । प्रतिष्ठानको नेतृत्वमा आएका उपकुलपति प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले जनगुनासोको सुनुवाई गर्दे पेइङ सेवा लिएका विरामीहरुलाई राहत पुग्ने गरि विभिन्न अतिरिक्त शुल्कहरु नलिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार अस्पताल प्रशासनले सोमबार सूचना एवं सर्कुलर पनि जारी गरिसकेको छ । प्रतिष्ठानका अनुसार आउदो कार्तिक १ गतेदेखि लागु हुने गरि विरामीले पेइङ सेवा लिदा अप्रेशन शुल्क मात्र पेइङको दररेटमा यथावत रहने भएको छ । त्यसबाहेकका सम्पुर्ण अतिरिक्त सेवाहरुको शुल्क नलिने र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद, एक पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धानबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाका आधारमा गत राति ११:३० बजे इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले धानबारीमा लुकाइराखिएको १३ वटा प्लास्टिकका पोकाभित्र ५३७.१४० किलोग्राम गाँजा फेला पारेको हो। सो घटनामा संलग्न ४५ वर्षीय दिनेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको गाँजा र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको र घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरोको कहर : ५३ जनाको मृत्यु, ७ जना अझै बेपत्ता

    झापा/लगातार दुई दिनदेखि परेको अविरल वर्षाले देशभर त्रासदीपूर्ण मानवीय क्षति पुर्‍याएको छ। अहिलेसम्म ५३ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता रहेका छन्। सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ मात्र ३७ जनाको मृत्यु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम यसपटकको विपत्तिको केन्द्र बनेको हो। इलामका देउमाई, माईजोगमाई, सूर्योदय, माई र सन्दकपुर क्षेत्रमा एकै परिवारका सदस्यसहित बालबालिका र वृद्ध वृद्धा ज्यान गुमाउनेहरूको संख्या धेरै छ। पहिरोले गाउँका गाउँ उद्ध्वस्त बनाएको छ। अन्य जिल्लाहरू पनि समान रूपमा प्रभावित भएका छन्। • झापामा आमा–छोरा बाढीले बगाउँदा मृत्यु भ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ६५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बाढी–पहिरोको कहर : १८ को मृत्यु, दर्जनौं बेपत्ता र घाइते

    इलाम/निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता र घाइते भएका छन्। डम्बरबहादुर तामाङको घरमा खसेको पहिरोले घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घरमा खसेको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक ज

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ५०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा बाढीले उच्च सतर्कता तह नाघ्यो, सावधानी अपनाउन आग्रह, देउमाईको पुल बगायो

    झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।” विभागले सम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ७१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ मा युवक कोठामै मृत फेला

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ सुनौलो बस्तीका २८ वर्षीय सुजन परियार आफ्नै कोठामा मृत फेला परेका छन्। मंगलबार साँझ करिब ६:३० बजेतिर परियार आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको खबर प्रहरीसम्म पुगेको थियो। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रजिअ पानबारीको प्रहरी टोली प्रहरी नायब निरीक्षक दिपेन्द्र अधिकारीको कमाण्डमा घटनास्थल पुगेर सुरक्षासहित अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच, थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा SOCO टोली खटिएको थियो। प्रहरीका अनुसार मृतकको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ७९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठुलो मात्रामा गाँजा बरामद, १९ वर्षीय युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्धविहारस्थित क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय विव्सन राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँच गर्दा उनको साथबाट अबैध लागुऔषध गाँजा २७५ केजी फेला परेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ८८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७  स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८२ असोज ११ गते साँझ करिब ६:४० बजे रेल्वेतर्फ जाँदै गरेको प्र–१–०२–०५२ प ५१४६ नं. को स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी करिब ५० वर्षीया महिलालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था नाजुक थियोे । उपचारका क्रममा मिति २०८२ असोज १२ गते राति करिब २:३० बजे उनको मृत्यु भएको हो। मृतकको पहिचान धरान–१७

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ९४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो परिमाणमा गाँजा बरामद

    सुनसरी/ लागू औषध नियन्त्रण अभियानअन्तर्गत सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा छाडिएको अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएको उक्त गाँजाको तौल ६३७.४५ केजी (छ सय सैतिस किलो पैतालिस ग्राम) छ। बरामद पदार्थलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ६९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved