धरान/ धरान सिटी फुटबल क्लबको आयोजनामा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी कार्तिक २२ देखि २९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ। शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताको विस्तृत जानकारी दिएका हुन्। राईका अनुसार, प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। आयोजकसहित धरानका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्। त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीलाई ३ ह
सुनसरी/ धरान–नडाहा सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका धरान–५ का ४० वर्षीय बिनोद विश्वकर्माको मृत्यु भएको छ। प्रहरीका अनुसार मिति २०८२ असोज १० गते साँझ करिब ५ बजेर १० मिनेटमा बराहक्षेत्र नगरपालिका–३ धरान–नडाहा भित्री सडकमा को ३५ प ७३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त मोटरसाइकल धरानबाट नडाहा तर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनामा चालक धरान–५ का २९ वर्षीय बिक्रम विश्वकर्मा सकुशल रहँदा पछाडि सवार बिनोद विश्वकर्मा घाइते भएका थिए। उनको टाउको र बायाँ काँधमा चोट लागेको थियो। घाइते विश्वकर्मालाई चालकले तत्कालै उपचारका लागि बीपी कोइर
दमक/ झापाको दमकमा एक व्यक्तिको शव फेला परेको छ। दमक नगरपालिका–७, पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहराभित्र करिब ५०-५५ वर्ष उमेरका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार बिहान उक्त टहरामा गाईवस्तुले पानी खाने नालीभित्र पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। यसपछि इलाका प्रहरी कार्यालबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन। मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेका दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुर भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन्। जाँचका क्रममा निरा चूनाराको साथबाट १४.२४ ग्राम (चौध ग्राम दुई सय चालिस मिलिग्राम) ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा
झापा/ झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलामाथि आफ्नै घर नजिकको बाँसघारीमा लगेर बालिकामाथि करणी गरेको आरोप छ। प्रहरीका अनुसार गत चैत २५ गते धमलाले डर र त्रास देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो। पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले धमलालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकार
झापा/ मेचीनगर–१ देवीगन्जका २५ वर्षीय सुजन राजपुत एक साता अघिदेखि बेपत्ता थिए। खोजतलासको क्रममा शुक्रबार बिहान उनी मृत फेला परेका छन्। राजपुतको शव सोही वडाकी सीता पाण्डेको धान खेतमा सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तिरिङले जनाएको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी तिरिङबाट टोली खटिएर घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे विस्तृत विवरण संकलन गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
मोरङ/दुर्गा माताको मूर्ति विसर्जनका क्रममा पौडी खेल्दै गर्दा मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा एक युवाको ज्यान गएको छ। स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह सोमबार बिहान करिब ११:३० बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन्। घटना भएको सूचना पाउँदा साथ प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। स्थानीयवासीहरूको सहयोगमा ती युवकलाई खोलाबाट उद्धार गरी तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्गा पूजाको उल्लासपूर्ण
सुनसरी/तिहार नजिकिँदै गर्दा अवैध रूपमा भित्र्याइएका पटकाहरु (आतसबाजी सामग्री) सहित दुई लाख साठी हजार रुपैयाँ बराबरका सामान प्रहरीद्वारा बरामद गरिएको छ। विशेष सूचनाका आधारमा मिति २०८२ असोज २१, २२ र २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र त्यसअन्तर्गतका प्रहरी टोलीले विभिन्न स्थानमा सघन चेकजाँच सञ्चालन गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएका विभिन्न प्रकारका पटकाहरु फेला पारी कानुनी प्रकृया अनुसार बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। बरामद गरिएका सामानको प्रारम्भिक मूल्यांकन अनुसार कुल रकम अन्दाजी दुई लाख साठी हजार रुपैयाँ बराबर हुने प्रहरी कार्यालयले जनाएको छ। बरामद सामग्री हाल जिल्ला प्रह
सुनसरी/जिल्ला सुनसरीको कोशी गाउँपालिका–२ मा अवैध लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मिति २०८२ असोज २२ गते राति ११:१५ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उत्तर–दक्षिण भित्री सडकखण्डमा पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१०, प्रकासपुरका २६ वर्षीय सरोज विश्वकर्मा र कोशी गाउँपालिका–२ का २१ वर्षीय सनम माझी रहेका छन्। चेकजाँचका क्रममा सनम माझीको रातो झोलामा लुकाइएका २,४०० पिस Tramol-50 ट्याब्लेट, १०० पिस Nitzascen-10 ट्याब्लेट, र Laborate लेखिएक
झापा/ कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरोका प्रभावित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरू तीव्र गतिमा पठाइएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राहत वितरणलाई व्यवस्थित गर्न योजना बनाउन सरकारी संयन्त्रको बैठक राखेका थिए । कार्कीले मृतकका परिवारलाई राहत रकम साथै अत्यावश्यक साम