स्वास्थ्य

    Showing 451-460 of 2,527 items.
  • धरानमा ७२ किलो गाँजा सहित पाँच जना नियन्त्रणमा

    धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा   फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 1,237 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी अनिता राई सप्तकोशी किनारमा मृत फेला

    धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 4,868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ठूलो परिमाणको ब्राउन सुगरसहित चार जना पक्राउ

    ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाले मोटरसाइकल बगायो : बुबाको उद्धार, १९ वर्षीया अनिता अझै बेपत्ता

    धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्। धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 1,350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसी चतरामा भारी वर्षा, बाढीको उच्च जोखिम :सतर्क रहन आग्रह

    सुनसरी/ सुनसरीको सप्तकोसी चतरामा शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षासँगै बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) बिहान ५ः३५ बजे विशेष चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। विभागका अनुसार पछिल्लो १ घण्टामा सप्तकोसी चतरा वर्षामापन केन्द्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ र अझै पानी पर्ने सम्भावना रहेको छ। यस कारण सो क्षेत्र हुँदै बग्ने साना–ठूला खोलामा बहाव तीव्र हुने र तटीय बस्तीहरू प्रभावित हुने खतरा बढेको विभागले जनाएको छ। ‘तटीय क्षेत्रमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउनुस्,’ विभागको चेतावनीमा भनिएको छ, &lsq

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

    धरान/सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो । कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । उह

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 698 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग

    धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागू औषधसहित युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१६, समिति मार्गस्थित एक कोठामा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। मिति २०८२ साउन २९ गते साँझ ६ः१० बजे अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले २२ वर्षीय रकिल राईको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट फेला पारेको हो। लागू औषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 979 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं/  अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ठूलो मात्रामा लागू औषधसहित चार पक्राउ, घरधनी फरार

    सुनसरी/ विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र CRV खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्। प्रह

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 1,173 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved