धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।
धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् ।
जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो ।
परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् ।
तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ ।
उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई फर्केर आउँछु भनेर गएको यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा चिन्ता र पिरलो थपिएको छ ।
उनको परिवारमा अव धन सम्पती होइन,जन्म दिने आमाको अनुहार हेर्न चाहन्छन् तर कहाँ गएको हो भन्ने कुरा पनि अहिले सम्म पत्तो नै छैन । घरबाट २०६३ सालमा उनी विदेश जान्छु भनी हिडेकी थिइन् ।
तर अहिले सम्म उनको अत्तोपत्तो छैन् । यतिका वर्ष सम्म पनि सम्पर्कमा नआएपछि अव परिवारजनले पनि खोजी गरि दिनको लागि आग्रह गरेका छन् ।
धनमायाको भतिजा भक्त बहादुर विश्वकर्मा आजभोली आफ्नी काकीको फोटो बोकेर चिनेजानेका र संवीन्धत ठाउमा फोटो देखाउँदै हिड्ने गरेका छन् ।
उनका अनुसार काकी धनमाया मामाको सहयोगमा कु्वेत गएको भन्ने छ तर उनलाई पठाउने मामा पनि मरिसकेका छन् । भक्त बहादुरले हराएकी काकीको फोटो पनि इलाका प्रशासन कार्यालय धरानमा पुगेर वल्ल तल्ल नागरिकता वनाएको फोटो भने फेला पारेका छन् ।
त्यही फोटोको आधारमा आफ्नी काकीको खोजी गर्दैछन् । उनले भने,“काकी हिडेदेखि सम्पर्कमा छैनन्,धेरै वर्ष भयो,घर फर्किनु भएको छैन,खोजखबर केही छैन,परिवारमा धेरै तनाब भएको छ,इलाका प्रशासन कार्याल धरानमा आएर वल्लतल्ल काकीको फोटो चाहिँ फेला पारेको छु,त्यही फोटो आधार छ तर अन्य कुनै आधार छैन्,कसरी खोजी गर्ने झनै चिन्ता थपिएको छ
।”नागरिकता फोटो पनि वल्ल तल्ल दिए,त्यो पनि पुरै हेर्न मिल्दैन भनेर कर्मचारी आफैंले मोवाइलमा खिचेर दिएका छन् ।
त्यहीँ फोटो बोकेर भक्त बहादुर इनरुवा पनि गए । त्यहाँ पासपोर्टको केही कुरा पाइन्छ की भनेर गएपनि त्यो वेला लिखित पासपोर्ट हुने भएकाले कुनै विवरण नपाएको उनी वताउँछन् ।
उनले सामाजिक सन्जाल मार्फत पनि देश विदेशमा रहेका साथीभाई आफ्नी काकीलाई खोजी गरिदिन अनुनय गर्दै आएका छन् ।
कोही कसैले फोटोको आधारमा देख्नु भए अथवा फेला पार्नु भए सम्पर्क गरिदिन समेत आग्रह गरेका छन् ।
उनले देश विदेशमा रहनु हुने सवैमा सम्पर्क नम्बर ९८१४३०२१४६ नम्बरमा सम्पर्क गरिदिनु हुन भनेका छन् ।