सामाजिक स्वास्थ्य क्लिनिक ५७ औं संस्करण धुलिखेलमा

  • जेठ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ ।

परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिक रुपमा आयोजना हु“दै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज, धरानसंगको सहकार्यमा आयोजना भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापहरुका विरामीहरुको स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् ।

उक्त क्लिनिकमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको बरालले बताएका छन् ।

धुलिखेल समाजको भवनमा आयोजित उक्त शिविरमा मधुमेह परिक्षण र औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

शुशिर बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, श्वेता भण्डारी लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर स्टाफ नर्स निशा श्रेष्ठ र उषा चौधरीले विरामीहरुको रक्तचाप परिक्षण गरेका थिए ।

परिवर्तनका लागि सामाजिक अभियानले धरानको विभिन्न वडाहरुका साथै इटहरी, इनरुवा, बराहक्षेत्र, झापा गाउ“पालिकामा यो कार्यक्रम आयोजना गरिसकेको छ ।

यस्ता प्रकारका कार्यक्रम आयोजना गरि समाजका जेष्ठ नागरिकहरुका लागि सहज रुपमा स्वास्थ्य परिक्षण गराउन पाएकोमा धुलिखेल समाजका अध्यक्ष सुनिल श्रेष्ठले अभियानप्रति आभार व्यक्त गरेका थिए ।

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved