निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

  • वैशाख २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ ।

बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो ।

धरान वडा नम्बर १५ मा जितबहादुर लिम्बूको घर निर्माणमा ठेकेदार मार्फत काम गरिरहेका राई गत मंसिर ५ गते काम गर्दागर्दै करेन्ट लागेर ढलेको थिए ।

तत्काल अचेत बनेका राईलाई सहकर्मीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । ४५ दिनसम्म उपचार गरेपनि होस नफर्किएपछि चिकित्सककै सल्लाहमा घर ल्याइएको बुवा दानबहादुर राईले बताउँनुभयो ।

चिकित्सकले विस्तारै होस फर्किन्छ भन्नु भएकोछ ६ महिना हुनै लाग्यो अहिलेसम्म होस आएको छैन तर, हामीले आशा मारेकाछैनौं । राईले बताउनुभयो ।

हालसम्मको उपचारका करिव १० लाख खर्च भइसकेकोछ । घरधनीले ५० हजार सहयोग गर्नुभएकोछ, ठेकेदारले करिव ८ लाख जति खर्च गर्नुभएको पनि विरामीका बुवाले बताउनुभयो ।majd

घरको आर्थिक अवस्था कमजोर भएका रामकुमार राईको थप उपचार सहयोगका लागि कोशी प्रदेश सांसद विजयकुमार राईले चासो राख्नु भएपछि मजदुर नेता तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलकदमीमा २१ हजार रकम सहयोगीहरुबोट संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

घाइतेको उपचारका लागि ह्याप्पी नेपाल इम्प्लोयमेन्टका संचालक दिपक दुमीको तर्फबाट १० हजार, नेकपा एमाले सुनसरी जिल्ला सदस्य तिलक राईबाट २ हजार, युवा समाजसेवी पोष्टराज राईबाट २ हजार, अधिवक्ता मौसम राईबाट १ हजार, पत्रकार विकास चाम्लिङाट १ हजार, मजदुर नेताहरु भीमज्वाला राईबाट १ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट १ हजार, युवा व्यवसायी सन्तोष बस्नेतबाट १ हजार गरि २१ हजार प्रदान गरिएको हो ।

राइको थप उपचारका लागि सहयोग समिति निर्माण गरेर राहत सहयोग जुटाइने नेकपा (एमाले)धरन उपमहानगर अध्यक्ष हर्कजंङ्ग एभेङले बताउनुभयो ।

घाइते निवास बाघखोपमै पुगेका प्रतिनिधि मण्डलमा माननीय विजयकुमार राई, भीमज्वाला राई, वडाका पूर्व अध्यक्ष मणीराम राई, एमाले धरान अध्यक्ष हर्कजंङ्ग एभेङ, लक्ष्मी बानिँया, दुर्गाखतिवडा, स्थानीय कर्ण तामाङ, सन्तोष बस्नेत तथा सञ्चारकर्मीहरु रहनुभएको थियो ।mm maj

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved