स्वास्थ्य

    Showing २७१-२८० of २,६११ items.
  • धरानका दुई युवक इनरुवामा ब्राउन सुगरसहित पक्राउ !

    सुनसरी/  जिल्लाको इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मिति २०८२ चैत ९ गते साँझ ६:१० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्कुटर चालक धरान उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय खेमबहादुर देवान लिम्बु र पछाडि सवार सोही स्थानका २७ वर्षीय शौरभ कटुवालमाथि शंका लागेपछि खानतलासी गरिएको थियो। तलासीका क्रममा खेमबहादुर देवान लिम्बुको साथबाट २.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ९७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •   मोडर्न प्रिपेरेटरी स्कुलद्वारा इटहरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

    इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्। विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्व

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ४२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दशकदेखि क्यान्सर उपचार सेवा, गुणस्तरमा कुनै सम्झौता छैन : प्रतिष्ठान

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरहीन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै यस्ता भ्रमपूर्ण प्रचारले बिरामी र जनमानसमा अन्योल सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने प्रयास भएको स्पष्ट पारेको छ। प्रतिष्ठानका अनुसार केही निहित स्वार्थ समूहले क्यान्सर विशेषज्ञ चिकित्सकमाथि आधारहीन आरोप लगाउँदै संस्थाको छविमा आँच पुर्‍याउने काम गरिरहेका छन्। यस्ता गतिविधि रोक्न र यथार्थ जानकारी दिन आफूहरू बाध्य भएको जनाइएको छ। प्रतिष्ठानले स्थापना कालदेखि न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ७७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलाम साक्मा बाल विकास केन्द्रमा शैक्षिक सामग्री वितरण

    धरान/ धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले सामुदायिक बाल विकास केन्द्रहरू बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले सिलाम साक्मा नमुना बाल विकास केन्द्रमा आयोजित खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले केन्द्रमा क–ख–ग वा ए–बी–सी–डी सिकाउने मात्र नभई बालबालिकालाई सभ्य व्यवहार, सकारात्मक सोच र राम्रो वातावरणमा हुर्काउने उद्देश्य रहेको स्पष्ट पारे। “बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्यको जग हो,” उनले भने। सिलाम साक्मा बाल विकास केन्द्रमा हाल २६ जना बालबालिका अध्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • ४१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘आमालाई बचाइदिनुहोस्’ भन्दै छोरीको अपिल

    इटहरी/ सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छन्। गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन अहिले उनकी छोरी सुनेना परियारले सहयोगको अभियान सुरु गरेकी छन्। आमाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरियो। चिकित्सकले उच्चस्तरीय उपचार आवश्यक रहेको भन्दै भारतको दिल्ली लैजान सुझाव दिएपछि परिवारले सोमबार उनलाई दिल्ली लगेको छ। तर, उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुम

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नारी दिवसमा धरानका छात्रालाई महिनावारी स्वास्थ्यबारे सचेतना

    धरान/ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धरान वितरक संघले धरानस्थित श्री शारदा बालिका नमुना माध्यमिक विद्यालयका छात्राहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सेनिटरी प्याड वितरण गरेको छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) का प्रसूति तथा स्त्रीरोग विभागकी एसोसिएट प्रोफेसर डा. ज्योत्सना यादवले महिनावारी स्वास्थ्य (Menstruation Health and Hygiene) सम्बन्धी जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम धरान वितरक संघका अध्यक्ष विजय मानन्धरको अध्यक्षतामा सम्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ३९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्खेतकी बालिकालाई न्यायको माग गर्दै धरानमा ‘खबरदारी र्‍याली’

    धरान/ सुर्खेतमा एक निर्दोष बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्‍याली’ आयोजना गरिने भएको छ। उक्त कार्यक्रम भोलि फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन्। उनका अनुसार र्‍याली दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ। र्‍याली धरान उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भई भानुचोकसम्म पुग्नेछ। भानुचोकमा पुगेर कोण सभा आयोजना गरिने तथा समाजमा बढ्दै गएको बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध आवाज उठाइने कार्यक्रम रहेको खत्रीले बताए। त्यसपछि साँझ ६:३० बजे दीप प्रज्वलन कार्यक्रम स

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदा कार्यक्रम आयोजना गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९ पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशाशन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए । बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नेपाल रेडक्रस सोईसाटीको रक्त संचार केन्द्र तथा रगतको अभाब भई रहेको र यसले विरामिहरुलाई समस्या बनाई राखेको हुदा रक्त दान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गरि नगरपालिकाले

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन, नर्सिङ शिक्षामा नयाँ फड्को

    धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ। नर्सिङ शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–७ मा जेष्ठ नागरिक पार्क बनेपछि, वडाको मुहार नै फेरियो

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको जेष्ठ नागरिक पार्कले वडाको मुहार नै फेरिएको छ। विगतमा फोहोरमैला बग्ने र दुर्गन्ध फैलिने लिलामार्गस्थित भौडी अहिले सुन्दर पार्कमा रूपान्तरण भएपछि स्थानीयवासी खुसी भएका छन्। पहिले खोलाबाट आउने बाढी र बजारको फोहोर बगेर दुर्गन्ध फैलिने उक्त स्थानमा बस्न त परै जाओस्, हिँड्नसमेत असहज हुने अवस्था थियो। तर पार्क निर्माण भएपछि अहिले सो क्षेत्र धरानवासीका लागि आकर्षणको केन्द्र बनेको छ। बिहानैदेखि व्यायाम गर्न, घुम्न तथा मनोरञ्जन लिन आउने मानिसहरूको भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन्। वडा नम्बर ७ का अध्यक्ष जीवन सुवेदीको पहलमा नि

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १,३७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved