सुर्खेतकी बालिकालाई न्यायको माग गर्दै धरानमा ‘खबरदारी र्‍याली’

  • फागुन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सन्देश तिम्सिना

धरान/ सुर्खेतमा एक निर्दोष बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्‍याली’ आयोजना गरिने भएको छ।

उक्त कार्यक्रम भोलि फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन्।

उनका अनुसार र्‍याली दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ। र्‍याली धरान उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भई भानुचोकसम्म पुग्नेछ।

भानुचोकमा पुगेर कोण सभा आयोजना गरिने तथा समाजमा बढ्दै गएको बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध आवाज उठाइने कार्यक्रम रहेको खत्रीले बताए।

त्यसपछि साँझ ६:३० बजे दीप प्रज्वलन कार्यक्रम समेत गरिनेछ। आयोजकले सुर्खेतकी निर्दोष बालिकालाई न्याय दिलाउन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved