विराटनगर/ प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन । एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम
अस्टियोपोरोसिस भनेको के हो ? शरीरमा हाडको घनत्व (Density)कम भएर हाड पातलो, हलुका र कमजोर हुने र सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। सामान्यतया ३० बर्षको उमेरपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि महिलाहरु बढी जोखिममा हुन्छन् किनभने हाडको घनत्व यथावत राख्ने इस्ट्रोजन नामको हर्माेन महिलाहरुमा बिस्तारै घट्दै जान्छ । अस्टियोपोरोसिस बिशेष कुनै लक्षण हँुदैन । प्रायः हाड भाँचिनु नै यसको पहिलो लक्षण हुन सक्छ । सबै भन्दा बढी ढाड, कम्मर र नाडीका हाडहरु यसको कारणले भाँचिने गरेको पाइन्छ । तर, अस्टियोपोरोसिस रोक्ने वा उल्टोउने तरिकाहरु छन् । उपचार गरेमा हाडको घनत्व बढाउन सकिन्छ । कारणह
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १५ जना आज मंगलबार डिस्चार्ज भएका छन् । उनीहरु ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु झापाका १२जना ,सुनसरीका १,दित्तेल१ जना,महोत्तरीको १ जना गरी जम्मा १५ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ६ जना र पुरुष ९ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १७ देखि २३ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा १३ जना उपचाररत छन् भने २५४ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,६६६ पिसि आर परिक्षण गरि
धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् । उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वा
आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनसरी । सुनसरीको रामधुनी क्वारेन्टाइनमा एक जना पुरुषका कोरोना भेटिए सँगै प्रदेश १ मा सोमबार ६ जना संक्रमित थपिएका छन् । सुनसरीको रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना सहित झापामा ४ जना र मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार रामधुनीका १ जना, झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङको कटहरीमा एक जना पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा सोमबार ३३ जना निको भएर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचा
आज थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप१४४ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७०५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार २९४ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
परिचय विगत केही दशकमा शल्यक्रिया विधामा उल्लेखनिय प्रगति भएको छ । शल्यक्रिया विधा विभिन्न चरणमा विकाससँगै धेरै सव विधाहरुमा विभाजित भएका छन् ।अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्र सँगै विकाश हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो ।अर्थोपेडिक विधामा पनि समय सँगै धेरै सवविधाहरु (जस्तै ह्यान्ड विधा, दुरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपन) को विकाश भएको छ । जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपन एउटा प्रमुख एवम विशिष्ट सवविधा हो । जोर्नी बिग्रिनुमा धेरै कारणहरु मध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो अस्टियोआरथ्राटिस व