कोशी अस्पतालको लापरवाहीले कोरोना संक्रमितको मृत्यु भएको दाबीसहित अदालतमा रिट दर्ता

  • भदौ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रको लापरवाहीका कारण आफ्नो बुबाको मृत्यु भएको भन्दै विराटनगरकी निलिमा दाहालले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएकी छन् ।
उनले न्यूनतम स्वस्थ्य सुविधासमेत नदिई लापरवाही गर्दा मृत्यु हुन गएको भन्दै न्याय माग्न अदालत जानु परेको स्पष्ट गरेकी छन् । कोभिड अस्पतालमा गत साउन २८ गते नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि दाहाल गत साउन २६ कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । तर, अस्पताल गई स्वास्थ्य अवस्थाबारे बुझ्दा सामान्य अवस्थामा रहेको भने दाहलले बताएकी छन् । तर, साउन २८ गते भेट्दा स्वास्थ्यकर्मीले सोधीखोजी नगर्ने र असामान्य अवस्था हुँदासमेत वास्ता नगरेको बताएकै साँझ निधन भएको निलिमाको भनाई छ ।

परिवारका तर्फबाट छोरीले ‘अस्पतालबाट लापरवाही र आधारभूत स्वास्थ्य उपचारसमेत नदिइँदा आफ्नो बुबाको मृत्यु हुन पुगेकोले दोषी उपर कारवाही गर्न उच्च अदालतमा अन्तरिम आदेशसहितको परमादेश’को लागि निवेदन दिएकी हुन ।

संक्रमण पुष्टि भएका दिदी र आमालाई पनि अस्पतालमा राख्न अनुरोध गर्दा असुरक्षित रुपमा घरमै बस्न बाध्य भएको रिट निवेदनमा उल्लेख छ । ५७ वर्षीय दाहाललार्य श्वासप्रश्वासमा समस्या हुँदासमेत अक्सिजन तथा भेन्टिलेटर उपलब्ध नगराएको परिवारको भनाइ छ ।

रिट निवेदनमा सामाजिक विकास मन्त्रालय स्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतलाई विपक्षी बनाइएको छ । निवेदनउपर उच्च अदालतमा बिहीबार सुनुवाई हुने बताइएको छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved