स्वास्थ्य

    Showing २०१-२१० of २,६१० items.
  • विपी प्रतिष्ठानलाई ‘राष्ट्रिय महत्वको संस्था’ घोषणा गर्न विद्यार्थीहरूको माग

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्पतालकै अगाडि टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

    दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घ

    • प्रकाशित मितिः असार ३, २०८३
    • ६८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई दिन विदा दिएसँगै अस्पतालमा विरामीको चाप बढ्यो

    धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य संस्थाहरूलाई समेत शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव स्वास्थ्य सेवामा समेत देखिन थालेको छ । यसको प्रत्यक्ष उदाहरण धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको बढ्दो चाप हो । दुई दिनको बिदाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई केही सहजता प्रदान गरे पनि सेवाग्राही भने समस्यामा परेका छन् । धरान–९ का फणिन्द्र तिम्सिनाले सरकारले लागू गरेको दुई दिनको बिदाका कारण सेवाग्राहीहरू अत्यन्तै मारमा परेको बताउनुहुन्छ । प्रतिष्ठानमा बिल काउन्टरमा लाइन, चिकित्सकसँग चेकजा

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ७७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कामधेनु सहकारीका दुई कर्मचारीविरुद्ध पक्राउ आदेश

    धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग जोडिएको कर्मचारी आत्महत्या प्रकरणले नयाँ कानुनी मोड लिएको छ। झापा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका दुई प्रतिवादी रञ्जितकुमार झा र शेरबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि घटनाले पुनः चर्चा पाएको हो। अदालतले दुवै प्रतिवादीलाई खोजी गरी तत्काल उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको छ। अदालतका अनुसार पटक–पटक उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो। यो मुद्दा कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारी प्रेमप्रसाद मिश

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ९०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो, तीन सवारमध्ये दुई घाइते

    धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल सडक किनारमा टायर पञ्चर भई रोकिएको को१ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अन्य दुई जना २० वर्षीय आर्यन चौधरी

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व वातावरण दिवसको अवसरमा वराहक्षेत्रको चक्रघट्टीमा सरसफाई कार्यक्रम

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसरमा चक्रघट्टी बजार क्षेत्र सरसफाई गरिएको हो। स्थानीयहरुलाई सरसफाइ सम्बन्धी सचेतना जगाउदै चक्रघट्टीको नगरपालिका कार्यालय अगाडिबाट मुनाल चौकहुदै इलाका अडाडि , वसपार्क क्षेत्रमा क्षेत्रमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्रलाइ सुन्दर , सफा बनाउने नगरपालिको अभियानको रुपमा सप्ताहिक रुपमा सरसफाइ समेत गर्दै आएको र यसलाई थप सफल बनाउन बिश्व वातावरण दिवसको अवसरमा शुक्रवार बिहान वृहत सरसफाइ गरिएको उनले बताए । नगर प्रमुख रमेश कार्की संयोजकत्वमा भएको सरसफाई क

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरीमा विविध कार्यक्रम

    इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी ले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी विविध कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा विद्यालयको भ्लखष्चयलmभलत बलम क्बलष्तबतष्यल ऋगिद को आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो। वातावरण संरक्षण, सरसफाइ तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित विद्यार्थी तथा शिक्षकहरूले इटहरी नगर परिक्रमा गरेका थिए। प्रभातफेरीमार्फत वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष तथा कक्षा १० का विद्यार्थी निर्मेश चौधरी को संयोजनमा आयोजित कार्

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलद्वारमा लुकाएर ल्याउँदै गरेको १६.४ ग्राम खैरो हिरोइनसहित युवक काँकरभिट्टामा पक्राउ

    झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास गरेका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले बुधबार बिहान करिब ११ः४५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा आएका एक युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरी रहेका छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका चौधरीमाथि शंका लागेपछि प्रहरीले सोधपुछ तथा खानतलासी गरेको थियो। जाँचका क्रममा उनले मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ३१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बास्केटबलको क्रेज बढ्दो

    धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको छ। धरान उपमहानगरपालिकाको संयोजन तथा प्राविधिक सहयोगमा वैशाख ३ गतेदेखि सञ्चालन गरिएको क्याम्पको समापन समारोह धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजना गरिएको थियो। बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भए पनि बास्केटबल सिक्न इच्छुक अन्य युवाय

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ८६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा एकैदिनमा ब्राउन सुगर, ट्रामाडोलसहित ४ जना पक्राउ

    इनरुवा/सुनसरी प्रहरीले एकैदिन जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा विशेष अभियानका क्रममा ब्राउन सुगर र ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा लागूऔषध, नगद तथा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले आइतबार साँझ ६:१५ बजे इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण क्षेत्रबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको ह्यान्डलमा लुकाइछिपाइ राखिएको ५.५५ ग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा रामधुनी नगरपालिका–३ निवासी १७ वर्षी

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ७३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved