स्वास्थ्य

    Showing 2,061-2,070 of 2,412 items.
  • धरानमा ५० जनाको स्वाव परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान / धरानमा साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका सदस्य हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । भारतीय आर्मी मणीपुरबाट आएर धरान १७ क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखका अनुसार प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, ९३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३ सय १५  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ८६  जना  पुगेको छ ।  नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ९३   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।        &n

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    इलाम / इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै इलाममा सुरक्षा निकाय बाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । उनीहरुलाईहिजो मात्र १५ जनाको चेक गरेकोमा ५ जनाका पोजेटिभ देखिएको थियो त्यस अघि ५ जनामा देखिएको थियो । आजको १७ जना सँगै इलाममा शसस्त्र प्रहरीका २७ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले बताए । उनले भ

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,123 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पालना भएन सुरक्षा नियम, इटहरीमा लापरबाही बढ्दो

    इटहरी । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि इटहरी उपमहानगरपालिकाले सुरक्षा अपनाउन आग्रह गरे पनि स्थानीयको लापरवाही बढ्दै गएको छ । अनिवार्य मास्कको प्रयोग गर्न उर्दी जारी गरे पनि स्थानीयले अटेर गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टी भएपछि प्रशासनले आवश्यकिय सतर्कता अपनाउन आग्रह गरिरहेको बेला झनै लापरबाही बढ्न थालेको छ ।गत बिहीबार उपमहानगरपालिकामा आपतकालीन बैठक बसी इटहरी शहरलाइ तत्काल लकडाउन नगर्ने तर आवश्यकिय सचेतना जगाउन सबैमा अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै उपमहानगरले इटहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेकोले

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,556 पटक पढिएको
    • "तेजबहादुर बन "
  • सुनसरीमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगे, १ सय ९ जना निको भएर घर फर्की सके

    धरान । सुनसरीमा कोरोना सन्क्रमित को संख्या १ सय ३१ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण देखिए संगै सन्क्रमितको संख्या १सय ३१ पुगेको हो । सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ । सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपीबाट थप ८ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने

    विराटनगर, १६ साउन । कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना  पुगेको छ ।  नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ५१   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मृत्यु भएका संक्रमितको शव बोक्न शववाहनका चालक सहमत

    धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका पाँच जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि

     इलाम /  इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जना मध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन । उनिहरुलाई थप उपचारका लागी मोरङको गोठगाउँमा लाने तयारी भईरहेको शसस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जँग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षा कर्मिमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यस अघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन । सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना सं

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,003 पटक पढिएको
    • " भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved