स्वास्थ्य

    Showing 1,971-1,980 of 2,528 items.
  • वीपीमा १० वर्षिय बालिकाको अण्डाशयमा भएको ट्युमरको दुर्लभ शल्यक्रिया

    धरान । पाठेघरको दुवै अण्डाशयको ट्युमर देखिएको १० वर्षिय बालिकाको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको सफलतापुर्वका शल्यक्रिया गरिएको हो । डा. अजय अग्रवाल र डा. मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०ह१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो । यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,033 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताए

    धनकुटा, १४ भदौ / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताएका छन् । धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरीक्षण गर्न आएका मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पताल पिसिआर परिक्षण मेसिन जडान गरिएको बताउँदै यसपछि अब धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन राख्न लागिएको बताए । उनले धनकुटामा पिसिआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको र प्रदेश सरकारको सिफारिसमा सं

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,340 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा कोरोना संक्रमित १ सय ४४ पुगे

    धरान । धरानमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेका छन् । संक्रमित हुनेहरू मध्ये दुई जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र कार्यरत हुन भने दुई जना पुरुष प्रतिष्ठान बाहिरका हुन् । आइतबारको रिपोर्ट अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी, कर्मचारी र प्रतिष्ठान बाहिरका २ जना सहित थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै १ सय ४४ जना पुगको छन् । सङ्क्रमण पुष्टि भएकाहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा थप ३ दिन निषेधाज्ञा जारी

     धरान । भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीमा ३ दिन थप भएको छ । आइतबार समयसिमा सकिनु अगावै ३ दिन निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु सहभागी थिए । यस्तै, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी र इनरुवाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि सहभागी थिए । सहायक प्रजिअ पोखरेलका अनुसार निर्णय भदौ १७ गतेसम्म निषेधित क्षेत्र बढाउने निर्णय मात्र भएपनि ३ दिनभित्र निषेधित क्षेत्रको मोडालिटीबारे प्रस्त

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले निशुल्क भनेको डायलासिसको औषधी छैन् वीपीमा

    धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निशुल्क औषधी सहितको डाइलासिस सेवा प्रदान गरेको छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस सेवा लिन आएका बिरामीले बाहिरबाट महंगो मुल्य तिरेर औषधी खरिद गर्नु पर्ने अवश्था रहेको छ । लामो समय देखिको लकडाउनका कारण रोजिरोटी नै गुमेको अवश्थामा नियमित डाइलासिस गराउदै आएका बिरामीका परिवारलाई औषधी खरिद गर्नु पर्ने बाध्यताले दैनिक जसो समस्यामा पर्दै आएका छन् । सरकारले डाइलासिसका लागि आवश्यक पर्ने औषधी सामग्री निशुल्क उपलब्ध गराउने जनाए पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराउन आएका बिरामीले आफै औषधी

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,150 पटक पढिएको
    • " दिनेश गजमेर "
  • थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय १३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १३ शनिबार १६:२३:०० प्रकाशित/  आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २०५ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५  जना रहेका छन् ।  शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२  संक्रमित थपिएका छन

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ११२ संक्रमित थपिए

    विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

     सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भए संगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ । शनिबार पाटन अस्पतालमा उपचार गराई रहेका काठमाडौं र भक्तपुरका दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । आइसियुमा उपचार गराईरहेकी मकवानपुरकी ४९ वर्षिया एक महिला र बाराकी ४७ वर्षिया महिलाको मृत्यु भएको हो । त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको शव उठ्न चार दिन लाग्यो

    विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चार दिनपछि प्रशासनले उठाएको छ । विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शवगृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसंग समन्वय गरेपछि चा दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपति आफूहरुले नै शवगृहमा शव व्यवस्थापन गरेको जानकारी दिए । महोत्तरीको ती मृतकको शव लिन उताबाट समेत प्रशासनले चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफै

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा करोना संक्रमण पुष्टि

    धनकुटा, १३ भदौ ÷धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको हो । धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरु हुन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकु

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 699 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved