स्वास्थ्य

    Showing 1,941-1,950 of 2,412 items.
  • उद्योगका आईसोलेसनलाई सरकारको सहयोग भएन, मजदुरको पीसीआर गरिदिन माग

    विराटनगर । आरती स्ट्रिप्स प्रा.लि. सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रकै ठूलो स्टिल उद्योग हो । रड र जस्ता पाता उत्पादन क्षमताका दृष्टिले भारतीय लगानीको यो उद्योगले छोटो समयमा क्षमतासमेत विस्तार गर्न सकेको छ । तर, कोरोना कहर सुरु भई उपल्ला दर्जाका कर्मचारी र मजदुरमा संक्रमण देखिएपछि उद्योग सिल भई उत्पादन ठप्प छ । सिल हुनु अघिसम्म पचास प्रतिशतसम्म उत्पादन कटौती गरेको उद्योगमा ५ सय मजदुर कार्यरत थिए । आरतीले भारतीय र स्थानीय मजदुरलाई समेत ठूलो संख्यामा रोजगारी प्रदान गर्दै आएको छ । पछिल्लो दुई सातामा उद्योगमा कार्यरत ५१ मजदुरमा कोरोना पुष्टि भएको छ । त्यसपछि बुढीगंगा गाउँपालिकाले उद्योग स

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 863 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट  नेगेटिभ

    इलाम / सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोभिड फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।  

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 828 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय पुरुषको मृत्यु

    इलाम / इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको  मृत्यु भएको हो ।उनको स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचारमा खटे पनि  राती  मृत्यु भएको उपचारमा खटिएका डा. सरोज दर्नालले जानकारी दिएका छन ।  साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,114 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • विराटनगरमा स्वाब संकलन कार्य रोकियो

    विराटनगर । विराटनगर महानगरपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । उनमा संक्रमण देखिएपछि स्वाब संकलन गर्ने कार्य रोकिएको छ । आइतबार स्वाब संकलमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि महानगरमा स्वाब संकलको काम प्रभावित बनेको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार स्वाब संकलन गर्ने काममा सक्रिय स्वास्थ्यकर्मीमा ज्वरो आउने लक्ष्यण देखिएपछि परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो ।विराटनगरमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि भदौ ५ गतेसम्मको लागि लकडाउन बढाइएको छ

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण ३२ आइतबार/ आज थप ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १०४ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा खोप सम्बन्धीका सबै सेवा बन्द

    विराटनगर । विराटनगर महानगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि नियमिति खोप सम्बन्धी सबै सेवा भदौ १५ सम्मको लागि स्थगन गरिएको छ ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखेरलले संक्रमण जोखिमका कारण खोपका कार्यक्रम तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए । भने,“खोप लगाउने स्थानमा मानिसको बढी भिंडाभांड हुन गई कोरोना जोखिम बढेकोले दुई सातासम्मको लागि खोप सम्बन्धी सेवा स्थगन गरेका हौं ।” विराटनगरमा नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकाको लागि दिइने खोप सम्बन्धी कार्यक्रम प्रभावित बन्न पुगेको छ । महानगरमा दैनिक ४० को हाराहारीमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १ सय ३ संक्रमित थपिए

    विराटनगर, ३२ साउन । प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरंगमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ मह

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेको बिराटनगरकी एक महिलाको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेको बिराटनगरकी कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका २ की ५० बर्षीया महिलाको शनिबार राती मृत्यु भएको हो । उनी न्युरो अस्पतालवाट रेफर भएर आएकी थिइन । शनिबार राती १० वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको थियो । मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भइरहेको पनि जानकारी प्राप्

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिष्कार गरिएका कोरोना निको भएर फर्केका युवालाई समाजमा पुनः स्थापित

    इटहरी । कोरोनाबाट निको भएर फर्केका इटहरीका एक युवालाई समाजले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमको पहलमा स्थापित गरिएको छ । उपचार पछि घर फर्किएका युवालाई घरमा बस्न नदिए पछि उनी होटलमा बस्न बाध्य भएका थिए । समाजले बहिष्कार गरेको भन्दै टिका टिप्पणी हुन थाले पछि उपमेयर गौत्तम सहितको सर्वपक्षिय भेलाले उनलाई आफ्नै घरमा स्थापित गरिएको छ । इटहरी ५ का युवालाई पुनः सोहि गाउमा बस्न दिने सर्वसम्मतबाट निर्णय भएको छ ।उनी बिगत लामो समयदेखि इटहरी ५ स्थित एक आफन्तको बस्दै आएका थिए । गत २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षण गर्न दिएका थिए । २२

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा संक्रमण फैलिदैछ, लुकेर भए पनि मानिस आउँदैछन्

    धरान । धरानको प्रमुख प्रवेशद्वारा तिनकुने नाकाबाट दैनिक जसो सयौंको संख्यामा मोटरसाइकलमा मानिसहरु प्रवेश गर्छन् । निजी सवारी साधन प्रयोग गरि धरान भित्रिनेको संख्या पनि उस्तै नै देखिन्छ । तर उनीहरु सुरक्षित ढंगले धरान प्रवेश गरिरहेका छन् त ? कुनै चेकजाँच हुने गर्दैन् । उनको आवश्यक्तालाई हेरेर प्रहरीले प्रवेशमा अनुमती दिने गरेको छ । धरानमा बाहिरबाटै आएका मानिसबाट कोरोना फैलिएको थियो । धरान आउँजाउँ गरिरहेका धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ उद्योगका एक कर्मचारीबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । कोरोनाको संक्रमण शनिबार सम्ममा समुदाय स्तरमा करिब ३० जना भन्दा माथि छन् । हा

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,351 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved