धरान / पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै देशभर संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ भने मृतकको संख्या ४ सय ७७ पुगेको छ ।