धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५जना निको भए सगै जम्मा निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ भने मृतकको संख्या ४ सय ४९ पुगेको छ ।
उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ।