स्वास्थ्य

    Showing 1,921-1,930 of 2,528 items.
  • धरानमा संक्रमितको संख्या २ सय ७५ पुग्यो, आइतबार थपिए ६ जना

    धरान । सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए सँगै थुनामा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सँगै धरानमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । कारोना पुष्टि भएका थुनुवा मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्को खोटाङको रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार थुनामा रहेका धरान १३ का २० वर्षिय, धरान १५ का २९, १९ र २३ वर्षका युवाहरु रहेका छन् भने इटहरीका ३० वर्षिय खोटाङका २६ वर्षिय युवा छन् ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 1,459 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको मेडिसिन विभागद्वारा ‘अनलाईन ओपिडी’ सुरु

    धरान  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अस्पतालहरु उच्च जोखिममा छन् । यस्तो अबस्थामा धेरै अस्पतालहरु सामान्य विरामीको उपचारमात्र गरिरहेका छन् भने केही अस्पतालहरुले आफ्ना पुराना विरामी तथा नयाँ विरामीका लागि सेवा दिन नयाँ उपाय अपनाउन थालेका छन् । यसैक्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि टेलिमेडिसन सेवा निरन्तर सञ्चालन गरिरहेको छ भने प्रतिष्ठानका विभिन्न विभागहरुले पनि विषेशज्ञ सेवालाई अनलाईनमार्फत निरन्तर दिईरहेका छन् । यसै क्रममा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभाग अन्र्तगतका सेवाहरुलाई ‘अनलाईन ओपिडी’ सुरु गरेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 2,462 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एकै दिन सुरक्षाकर्मीका परिवार सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । समुदायमा फैलिएको कोरोना संक्रमण शनिबार एकै दिन सबै भन्दा बढी सुरक्षाकर्मी मा देखिएको छ । नेपाल प्रहरी सहित सेनामा शनिबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको च । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना र उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् भने बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरुमा कोरोना पुष्टि भएको छ । आर्मी क्याम्पका २ बर्षका बालिका सहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका दुई उपमहानगरपालिकामा कोरोनाको जोखिम बढ्दै

    इटहरी । सिंङ्गो मुलुक कोरोनाको कहरमा परिरहदा प्रदेश एकको अन्य जिल्लाहरूको तुलनामा सुनसरी निकै संवेदनशिल मानिएको छ । भारतसंग जोडिएका सबै सिमाहरूमा निगरानी बढाउने देखि, नियमित चेकजाँचमा समेत कडाइ गरिएको थियो । स्थानीय सरकार देखि सुरक्षा संयन्त्र सबै परिचालन गरी जिल्लालाइ निषेधित क्षेत्र तोक्दै कार्यान्वयन पक्ष बलीयो बनाइएको थियो । प्रदेश एकको उदयपुरमा पहिलो पटक कोराना संक्रमण पुष्टी भइरहदा सुनसरीमा उच्च सतर्कता अपनाउनुका साथै कडाइका साथ लकडाउनको पालना भएको थियो । चैत्र महिनाबाट नेपालमा कोरोनाको संक्रमण देखिएपनि बैशाख अन्तिममा प्रदेश एकको जिल्लाहरूमा देखिएको थियो । उदयपुरको भुल्केस्थित एक मस्जिद

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,760 पटक पढिएको
    • " तेजबहादुर बन "
  • कोरोनाबाट थप २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण , १५ सय ६६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ २० शनिबार १६:२२:०९ प्रकाशित  /  आज थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २७१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १५६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २७ हजार १२७   जना रहेका छन् ।  शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएक

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण भएमा नआतिनुस दृढ इच्छा शक्ति र उच्च मनोबलले कोरोना संक्रमण परास्त हुन्छ

     धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भई दुहबीका पत्रकार चन्दन रौनियार ११ दिनको आइसोलेशन बसाई पछि कोरोना परास्त गर्न सफल भएका छन् । ११ दिनको आईसोलेशनको बसाई पछि अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको उनले बताएका छन् । सुनसरीको दुहवीवाट समाचार संकलनका लागि अग्रपंतिमा रही समाचार संकलन गरिरहेका उनको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश नं. १ मोरङको सुन्दर हरैँचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि उनले शुक्रबार कोरोनालाई परास्त गरी घर फर्कीएका छन् । घर फर्किए पछि उनले भने “समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हे

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट २४ घण्टामा विराटनगरका दुईसहित मोरङका तीन जनाको मृत्यु

    विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा एक होटलका कामदार सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

    इटहरी । इटहरीको एक होटलमा काम गर्ने कामदार सहित इटहरीमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी स्थित हिरा होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने एरिना टेलिभिजनका सञ्चारकर्मी २४ वर्षिय पुरुष, इटहरी ९ का १ जना २९ वर्षिय महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन ।   इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन । यो संगै इटहरीमा क

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको वीपीमा मृत्यु

    धरान । कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । शुक्रबार साँझ प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । विहिबार कोरोना पुष्टि भए पछि विराटनगर ११ की ४३ वर्षिया महिलालाई न्युरो अस्पताल विराटनगरले रिफर गरिदिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई श्वासप्रश्वासमा कठिनाई भएको थियो भने ३ दिन देखि पेट र छाती दुख्ने समस्या रहेको थियो । उनी ४ वर्ष देखि उच्च रक्तचापको बिरामी थिईन् । मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोन

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिरासतमै मृत्यु भएका दलित युवाको न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री धरानको बिपिमा भर्ना

    धरान। हिरासतमै मृत्यु भएका दलित युवाको को न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री बिसेन्द्र पासवानलाइ प्रहरीले जबर्जस्ती पक्राउ गरि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा विजय रामको रहश्यमय मृत्यु भएपछि मृतकका परिवारलाई क्षेतिपुर्ती र दोसिलाई कार्वाहीको माग गर्दै पासवान अनसनमा बसेका थिए । उनलाइ अनसनमा वसेको समयमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गुन्डागर्दी शैलीमा पक्राउ गरेको उनले आरोप लगाएका छन् । विजय रामको रहश्यमय मृत्यु भएपछि मन्त्रि पासवान सहित पुर्व संसद तथा राष्ट्रिय सभा सदस्य रामप्रित पासवान र भिम पै

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved