स्वास्थ्य

    Showing १,७११-१,७२० of २,६२१ items.
  • बाल सुधार गृहका २५ बालकमा कोरोना संक्रमण

    विराटनगर । मोरङको विराटनगरमा अवस्थित बाल सुधार गृहमा रहेका बालकमा कोरोनाको संक्रमण पाइएको छ । गृहमा ५० जना बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अधारमा अन्यको समेत पीसीआर परीक्षण भएको थियो । कोरोना देखिएका बालकलाई महानगरको आईसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधार गृहका बालकहरुमा लक्ष्यण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिएका छन् । बालबिझ्याईं सम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधार गृहमा राख्ने गरिन्छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • १,२०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधारका लागि दबाब दिन धरानको अभियान

    धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ९७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घर घरमै पुगेर कोरोना परिक्षण गर्दै इटहरी

    इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,२२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा दिब्यराज मिश्र नियुक्त

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञानको डेपुडी डाइरेक्टरमा डाक्टर दिब्यराज मिश्र नियुक्त भएका छन् । विहिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरिले मिश्रलाई दुई बर्षका लागि प्रतिष्ठानको डेपुटी डाइरेक्टरमा नियुक्त गरेका हुन् । डा दिब्यराज मिश्र प्रतिष्ठानको पल्मोनोजोलीष्ट हुन् ।प्रतिष्ठानमा अघिल्लो कार्यकालमा कार्यबाहक उपकुलपती प्राडा गुरु प्रसाद खनालले डा दिलीप ठाकुरलाई ठाडो आदेशमा प्रतिष्ठानको ऐन विपरित नियुक्ती गरेको भन्दै आलोचना भएको थियो ।यस पटक प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहाको सिफारीस

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • ४,४८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ९ सय ८२ संक्रमणमुक्त, ७ सय ६४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बिहीबार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४सय ११ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३सय १, मोरङमा २ सय २, झापामा १सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीम

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,३०५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

    धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,०६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्याद गुज्रिएको औषधि बेच्ने इटहरीको तिन औषधि पसल शिल

    इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तीनवटा औषधीपसललहरू बुधबार शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरको आकस्मिक अनुगमन पश्चात तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो । उपमहानगरकी उपमेयर लक्षमि गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पसल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्सलाई तत्काल शिल गरिएको हो । उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नयाँ स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले बताइन ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १,६०२ पटक पढिएको
    • "तेजबहादुर बन"
  • बराहक्षेत्रमा सत्र दिनदेखि कांग्रेस संक्रमितको सहयोगमा

    वराहक्षेत्र । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् । उनीहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने, निशुल्क औषधी वितरण गर्दैछन् । राज्यको साधन, स्रोत भएको निकायहरुबाट सक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो आउन थाले पछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्रले समिती नै गठन गरेर अभियानमा सक्रिय भएका हुन् । अभियानले हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका संक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी, हौसला बढाउने

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १,०५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको कोभिड अस्पतालमा लापारबाही बढेको आरोप

     धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित लेवल थ्रि को कोभिड अस्पतालमा लापार्बाही बढ्दै गएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् । कहिले अक्सिजनको अभाव, कहिले उपचारमा लापरबाही, बिरामी प्रतिको बेवास्था बढ्दै गएको उनिहरुको आरोप छ । हिजो राती सिरहा गोलबजारकी ५५ बर्षय महिलाको अस्पतालमा उपचारका क्रममा लडेर मृत्यु पनि अस्पतालकै लापरवाही भएको मृतकका आफन्तहरुको आरोप छ । कोभिड अस्पतालभित्र विरामीको हेरचाह उचित ब्यबस्थापन नहुदा दैनिक जसो घट्ना बढ्दै गएको उनिहरुको आरोप छ । सोमबार दिउँसो कोडिभ पुष्टि भएकी ती महिलाको उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनको बेडबाटै लड

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ९३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्काउटद्वारा शव व्यवस्थापन शुरु

    सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् । केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • १,१६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved