धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनी
विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ । विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालि
सुनसरी । छिमेकी देशमा कोरोनाको संक्रमण बढ्दै गए पछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । भारतमा पुनः कोरोना संक्रमण बढ्न थाले पछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् । उ
विराटनगर । पछिल्लो दुई दिनयता विराटनगरमा फेरि नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । कोसी अस्पताल गरिएको स्वाब परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालका मेसु डा। चुमनलाल दासीका अनुसार नयाँ संक्रमित केही अघि भारतबाट फर्किएका हुन् ।तीन महिनायता विराटनगरमा संक्रमित शून्यमा झरेका थिए । कोभिड अस्पतालमा बिरामी भर्ना भएका थिएनन् । बिहीबार तीन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । तर शनिवारको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएन । वीपी प्रतिष्ठान धरानमा शनिबार गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्र
धरान/ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका बिरामीहरुले घण्टौं लाइनमा उभिएर नाम दर्ता गर्नु पर्ने बाध्यता कायमै रहेको छ । प्रदेश १ र २ का विरामीहरु दैनिक ३ हजार भन्दा बढी उपचारका लागि आउने गर्दछन् । तर बिल काट्ने काउण्टर व्यवस्थापन नहुँदा बिरामीले अझै पनि झञ्झट व्यहोर्नु परीरहेको छ ।दुई दिन अघि पेटको समस्या लिएर ओपीडीमा चेकजाँच गराउन आएकी झापा बिर्तामोडकी सम्झाना मोतेले ओपीडीको बिल काट्नै झन्झटिलो रहेको सुनाईन् । पहिलो दिन त उनले बिल काट्नै पाइनन् । दोस्रो दिन करिब ३ घण्टा लाइनमा बसेर बिल काटिन् । उनी भन्छिन्, ‘यति ठुलो अस्पताल छ, बिल काट्न भने दुई
धरान/ कोभिड–१९ को महामारी विश्वभरि फैलिएपछि यसको रोकथामका लागि खोपसमेत उत्पादन भइसकेको छ । लामो समयपछि उत्पादन भएका खोपहरू नेपालमा समेत लगाउन थालिएको हो । भारत र चीनको सहयोगमा ल्याइएका त्यस्ता खोप लगाउनेको सङ्ख्या भने जनचेतनाको अभावका कारण कम रहेको पाइएको छ । धरान–१४ मा खोप लगाउन पुगेका ६० वर्षीय चन्द्रमणि न्यौपानेले खोप लगाउँदा कोरोना सर्छ कि सर्दैन भन्ने अन्योलमै खोप लगाएको बताए । सामाजिक सञ्जालमा आएका प्रचार र बाहिर सुनिएका हल्लाका कारण खोप लगाउनेको सङ्ख्या थोरै भएको उनकै भनाइबाट प्रस्ट हुन्छ । उनले भने, ‘कसैले यो प्रयोगका लागि आएको औषधि भने, कसैले के भने, हल्लैहल्ला
वराहक्षेत्र / वराहक्षेत्र–२ को चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले फिजियोथेरापी र थाइराइड परीक्षण सेवासहितको प्रयोगशालासञ्चालनमा ल्याएको छ ।नयाँ स्वास्थ्य सेवा आइतबार उद्घाटन गरिएको छ । सो अवसरमा स्वास्थ्य उपकरण हस्तान्तरण एवम् सम्मान कार्यक्रम पनि गरिएको थियो । केन्द्रले आन्तरिक व्यवस्थापनमा सञ्चालन हुने गरी सेवा विस्तार गरेको हो । केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रममा चक्रघट्टीको न्यू सङ्गीता मेडिकल हलले फिजिसियन स्वास्थ्य उपकरण र सेवाग्राही प्रतीक्षालयका लागि कुर्सीहरूसमेत हस्तान्तरण गरेको छ । मेडिकल हलका सञ्चालक सुरेन्द्रप्रसाद गुप्ताले ५ लाख रूपैयाँ बराबरका सामग्री प्रद
इटहरी/ इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरूमार्पmत् फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ । वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । यस्तै वडा नम्बर २, ३ र ४ को कार्यालय तथा वडा नम्बर ५ को परिवार नियोजन सङ्घमा फागुन २३ र २४ गते खोप लगाउने कार्यतालिका छ । यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । वडा नम्बर १० को मनमोहन प्राविमा २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्बर १४ देखि १६ का लागि एकम्बा स्वास्थ्य चौकीम
धरान/ यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक सङ्कट चुलिएको छ । कोभिड–१९ का कारण आठ महिनाभन्दा बढी समय चरम आर्थिक सङ्कटमा फँसेको प्रतिष्ठानको आर्थिक अवस्था झन् बिग्रिएको छ । कोडिभका कारण आर्थिक अभाव झेलेको प्रतिष्ठानले सरकारको अनुदानसमेत समयमा नपाउँदा प्रतिष्ठान सञ्चालनमा समस्या भएको हो । प्रतिष्ठानका अनुसार कोरोना भाइरसको सङ्क्रमणअघि प्रतिष्ठानले अस्पतालबाट सरदर मासिक ८ करोड २४ लाख र कलेजबाट वार्षिक १ अर्ब २८ करोड रूपैयाँ आम्दानी हुने गरेको थियो । बन्दाबन्दीका कारण अस्पतालबाट हुने मासिक आम्दानी घटेर २ करोडमा सीमित भएको थियो । बन्दाबन्दी हटेपछि भने आर्थिक रूपमा
ब्युटिसीयन को हो ? हामीले सजीलो गरि के बुझ्दै आएका छौ भने ब्युटिसियन भनेको ब्युटिपार्लारमा काम गर्ने मान्छे हो । तर त्यतिमा मात्र ब्युटिसियनलाई बुझ्दा अन्याय हुन्छ । ब्युटिसियन भनेको खासगरि महिलाहरुको सौन्र्दयका डाक्टरहरु हुन भन्दा फरक पर्दैन । किनभने ब्युटिसियनहरुले गर्ने सेवा भनेको छाला,कपाल तथा मनोविज्ञानसँग प्रतक्ष्य सरोकार राख्ने हुन्छन् । खास ब्युटिसियनले महिलाहरुको छाला,कपाल तथा मनोविज्ञानको उपचार गर्ने गर्छन । बाहिरी देशहरुमा हरेक महिलाको फेमेली ब्युटिसियनहरु राखिएको हुन्छ । उनीहरु आफ्नो सौन्र्दयको बारेमा डाक्टरभन्दा अगाडी ब्युटिसियनसँग परामर्श लिन्छन । ब्युटिसियनले उसको समस्या हेरेर