इटहरी । समुदाय स्तरमा कोरोना संक्रमण फैलिए थाले पछि थप सुरक्षा सतर्कता अपनाउदै इटहरी वार्ड नं ९ का अस्पताल टोलवासीले आफ्नै पहलमा शुक्रबार सेनिटाइज गरेका छन् । अस्पताल टोल बिकास समितिको अगुवाइमा संक्रमणबाट जोखिम रहेको वार्ड नं ९को मुख्य स्थानहरूमा सेनिटाइज गरिएको हो । आफ्नो गाउलाइ संक्रमणबाट जोगाउन वडाका मुख्य चौकहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गरिएको अस्पताल टोल बिकास समितिका अध्यक्ष बिजय केसीले बताए । गाउमा कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीयहरूको सल्लाहमा थोरै रकम उठाएर संक्रमित बसेका स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (सोडीयम हाइड्रोक्लोराइड) द्वारा सेनिटाइज गर्ने निर्णय
विराटनगर, ५ भदौ । प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुम
इलाम/ इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेक छन । यस अघि देखिएका संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । सन्दकपुर यस अघि वडा सदस्य सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक टे«सिङ्गमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । त्यस यता सन्दकपु
काठमाडौ २०७७ भदौ ५ शुक्रबार / आज थप ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ । नेपालमा मृतकको संख्या १३७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ जना जना रहेका छन् ।
इटहरी । गत साउन ३० गते इटहरीबाट १ सय २५ जनाको पिसिआरबाट स्वाब संकलन गरी परिक्षणका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइयो । ४ गते सम्म पनि संकलन भएका स्वाबहरूको रिपोर्ट नआउदा इटहरी अस्पतालका प्रतिनिधि र इटहरी उपमहानगरकै स्वास्थ्य शाखाबाट खोजि शुरू गरीयो ।जब प्रतिष्ठानको ल्याब रूमबाट गत साउन ३० गते संकलन भएका स्वाब प्राप्त नभएको जानकारी आयो तब इटहरीमा संकलित १ सय २५ जनाको स्वाब हराएको भनी हल्ला चल्यो । ५ गते बिहान ९ बजे पुनःप्रतिष्ठानले नै ति स्वाबहरू भेटिएको तर परिक्षण गर्नै नमिल्ने गरी बिग्रिएको भनि जानकारी दिएपछि अर्को समस्या उत्पन्न भयो । इटहरीमा संक्रमणको जोखिम ब
सुनसरी । सुनसरीमा समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सम्मको रिपोर्ट सार्वजनिक भए सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । शुक्रबार २३ जना थपिए पछि सुनसरीमा कोरोना संक्रमितको संख्या कुल ४ सय ९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीको अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् । कार्यालयकी फोकल पर्सन शिर्जना लिङथेपका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५, दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५
विराटनगर । विराटनगरमा होम आईसोलेसनमा रहेका एक संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–६ सरोचियाका ती पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको थियो । वडाअध्यक्ष विजय कामतका अनुसार गत भदौ ३ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई घरमै आईसोलेसनमा थिए । उनका दीर्घरोग रहेको बताइएको छ । कोरोना विशेष अस्पतालहरुमा बेड खाली नहुँदा विराटनगरमा ३ सय ४१ जना संक्रमित होम आईसोलेसनमा रहेको महानगरले जनाएको छ । योसंगै विराटनगरमा कोरोना ९ जना संक्रमितको मृत्यु भएको छ ।
इटहरी । सुनसरीकाे इटहरी उपाहानगरपालीकामा शुक्रबार थप पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । गत भदाै १ गते स्वाब संकलन गरी पठाइएकाेमा ५ गते प्राप्त रिपाेर्ट अनुसार पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा काेराेना पुस्टी भएकाे हाे । त्यसैगरी इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा काेराेना संक्रमण पुस्टी भएकाे इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेकाे बताइएकाे छ । शुक्रबार ५ जनाम
धरान । कोरोनाको महामारीको अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लाई बराह ज्वेलरी इण्डष्टृज प्राली तथा बराह ग्रुपको २६ औ बार्षिक उत्सबको अवसरमा सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । बर्सेनि विभिन्न सामाजिक कार्य गरेर बार्षिक उत्सब मनाउने गरे पनि यस बर्ष भने कोरोनाको महामारीले कार्यक्रम गर्न नसकिए पनि फ्रन्टलाइन मा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरिएको हो । प्रत्येक बर्षको भदौ ५ गते बराहले बार्षिक उत्सब मनाउने गरेको छ । यस बर्ष पनि सोही दिन एक कार्यक्रमको आयोजना गरि सुरक्षाको ल
धरान । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभि