स्वास्थ्य

    Showing १,३४१-१,३५० of २,६१५ items.
  • यस्तो छ आजको मौसम

    सुनसरी/ आगामी चौबिस घन्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ–गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  मधेश प्रदेशका धेरै

    • प्रकाशित मितिः असार १३, २०८०
    • ८२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मस्तिष्क जागरुकता सप्ताह सम्पन्न

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ हुमन एनाटोमीद्वारा, रोटर्याक्ट क्लब अफ धरान घोपा र इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसनको सहकार्यमा आयोजित मस्तिष्क जागरूकता सप्ताह सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य विद्यार्थी र सर्वसाधारणमा मस्तिष्क स्वास्थ्य र शिक्षाको बारेमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । डाना फाउन्डेसनको सहयोग र सहकार्यमा संचालन भएको सप्ताहब्यापी कार्यक्रमको शुरूवातमा सरस्वती बाल आश्रममा सचेतना कार्यक्रम गरिएको थियो । विद्यार्थीहरूलाई मानव मस्तिष्कको सामान्य शरीर संरचना र फिजियोलोजी बारे सिकाइएको थियो। विद्यार्थीहरुलाई आफ्नो

    • प्रकाशित मितिः असार १२, २०८०
    • १,१७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अव्युदय स्पोर्ट्स फेस्ट २०२३

    धरान/  बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन । बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन ।   सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर

    • प्रकाशित मितिः असार १२, २०८०
    • १,१११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगु रोग देखा पर्‍यो सचेतना कार्यक्रम नै छैन

    धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो । झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ । मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानमा  संक्रमण भएको पाइएको छ । डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत

    • प्रकाशित मितिः असार १२, २०८०
    • १,१२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनमा तातो हावा चल्न सक्ने, सचेत रहन आग्रह

    काठमाडौँ/  यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ।  यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका सम

    • प्रकाशित मितिः असार ११, २०८०
    • ९१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युतीय फोहोर व्यवस्थापनमा ध्यान नदिंदा जोखिममा मानव स्वास्थ्य

    विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थ

    • प्रकाशित मितिः असार ११, २०८०
    • ८८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान:हल्का वर्षाको सम्भावना

     सुनसरी / मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ।  दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स

    • प्रकाशित मितिः असार ११, २०८०
    • ९७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीको बहाव बढेपछि सप्तकोशीमा जेट-बोट बन्द

    सुनसरी/ सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेट-बोट बन्द भएको छ।उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेट-बोट सञ्चालनमा थिए। वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेट-बोट बन्द गरिएको कोशी एड्भेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए। कोशीमा पानी बढेपछि सबै जेट-बोट कोशीबाट निकालिसक्यौं,थापाले भने,बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बन्द गरिएको हो। पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए। बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्

    • प्रकाशित मितिः असार १०, २०८०
    • ९७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर/ नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधिर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी

    • प्रकाशित मितिः असार १०, २०८०
    • ८५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको मौसमः भारी वर्षाको सम्भावना

    सुनसरी/ आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोमौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको  महाशाखाले जनाएको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका

    • प्रकाशित मितिः असार १०, २०८०
    • ८४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved