धरान । धरान १०, पुतली लाईनमा सञ्चालन भएको लाइफ केयर फिजियोथेरापी सेन्टरको शनिवार धरान उपमहानगरपालिका वडा नं. १०का वडाध्यक्ष विवेक राईले उद्घाटन गरे । उद्घाटनपश्चात बोल्दै वडाध्यक्ष राईले फिजियो थेरापी उपचारका लागि अत्यन्त लाभदायी हुने बताए । उनले भने–‘उपचारको पद्धतिमध्ये फिजियोथेरापी अत्यन्तै लाभदायक हुन्छ, यस थेरापी सेन्टरले धेरै भन्दा धेरै विरामी निको पारोस् मेरो शुभकामना ।’ फिजियोथेरापीको सञ्चालन धरानका युवा प्रवीर श्रेष्ठले गरेका हुन् । उनले धरान र धरान आसपासका सर्वसाधारणलाई लक्षित गरी लाइफ केयर फिजियोथेरापी सञ्चालन गरेको बताए । उनले भने– ‘धरान तथा धरान आपसप
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा बीपी सुधारको माग राख्दै आन्दोलन हुने गरेका छन् । कहिले बीपीका कर्मचारी, चिकित्सकहरुले आन्दोलन गर्छन् भने कहिले बीपीसंग सरोकार राख्नेहरुले आन्दोलन गर्ने गर्छन् । तर कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडिएको छ । यही विषयमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण सम
धरान । विराटनगरमा रहेको सरकारी अस्पताल कोशी अस्पतालमा मृगौलाको विरामीलाई गरिने डाइलासिस उपचार सेवा असहज भएको भन्दै सहज रुपमा सेवा उपलब्ध गराउन माग गरिएको छ । पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले कोशी अस्पतालले प्रदान गर्ने डायलाइसिस सेवा सहज बनाउन माग राखेका हुन् । अस्पतालमा निःशुल्क हुदै आएको मृगौलाका विरामीलाई गरिने डायलाइसिस उपचार सेवा प्रभावकारी नभएको भन्दै छिटो र छरितो ढंगले उपचार गराउन मा गरिएको हो । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलसहित टोली बुधबार कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रभाव छिटो र छरितो तरिकाले सेवाग्राहीले पाउनुपर्ने मा गरेका थिए । फोरमका अध्यक्ष ढुं
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानले ओपिडीको बिल काट्ने समयमा हेरफेरि गरेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलका अनुसार विरामीको चापलाई ध्यानमा राख्दै उनीहरुकै सुविधाको लागि ओपिडीको टिकट काट्ने समय हेरफेरि गरिएको हो । उनका अनुसार यसभन्दा अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म खालिने टिकट काउन्टर अब विहान ७ः३० देखि १२ बजेसम्म र दिउँसो २ देखि ३ बजेसम्म खोलिने बताए । प्रवक्ता पोख्र्लले भने–‘प्रतिष्ठानमा उपचार गराउने आउनेको संख्यामा अत्याधिक वृद्धि भएको छ, दैनिक ५ हजारसम्म विरामी प्रतिष्ठानको ओपिडीमा मात्र उपचा
धरान । घोपा बचाउ अभियानको आन्दोलनका विषयमा गठित कार्यदलले मगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानको अस्पतालका समस्याहरु सुधार गर्दै छिटो छरितो ढंगले गुणस्तरिय सेवा उपलब्ध गराउनुपर्ने माग राखदै घोपा बचाउ अभियानले संचालन गरिरहेको आन्दोलनको विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको उपस्थितिमा जेष्ठ १६ गते भएकोले छलफललले राय सुझाव सहितको प्रतिवेदन पेश गर्न प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा घोपा बचाउ अभियानका प्रतिनिधी रहने गरि गठित अध्ययन कार्यदल गठन भएको थियो । गठित कार्यदलले लगातार ७ दिनसम्म विभिन्न सरोकारवालाहरुसंग छलफल एवं परामर्श गरी मगलबार प्रतिवेदन बुझाएको हो । कायदलले शिक्षा
धरान । पछिल्लो समय आयुर्वेद औषधिको महत्व बढ्दै गएको छ । महत्व बढेकै कारण स्थानीय तहहरुले यसम्बन्धी स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्न थालेका छन् । सुनसरीको धरान उपमहानगरपालिकाको माहतमा रहने गरी कविराज ९चिकित्सक० नै राखेर बर्षौ अघि आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । आर्युवेद केन्द्रको खासै प्रचारप्रसार नहुदा सर्वसाधारण यदाकदा पुग्ने गरेका छन् । सञ्चालन भएको केन्द्रमा पाइने औषधि र उपचारका विषयमा सर्वसाधारणलाई जानकारी नहुदा यस्तो समस्या आएको हो ।् आयुर्वेदिक औषधालय सञ्चालन भएपनि यसको महत्वका विषयमा धरान उपमहानगरपालिकाले बुझाउन नसक्दा लथालिंग तरिकाले सञ्चालन भएको छ । पछिल्लो समय वि
धरान । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले शनिवार मिनी म्याराथुन दौड र वृक्षारोपणको आयोजना गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सचेतना फैल्याउने उद्देश्यले समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको जनाएको छ । क्याम्पस परिषरबाट शुरु भएको पाँच किलोमिटर दूरी मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए । मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल
धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएर आएपछि खानेपानी सुधारका लागि प्रयासहरु थालिएका छन् । नवनिर्वाचित मेयर समय समयमा आफै पम्पिङ साइडमा जाने, त्यहाको वस्तुस्थिति बुझ्ने, पानीको स्रोत जलाधार क्षेत्रमा जीर्ण रहेको खानेपानीको पाइप फेर्ने लगायतका गतिविधिलाई तिबता दिदै आएका छन् । यसै क्रममा धरानको स्रोत मानिएको सर्दु जलाधार क्षेत्रमा जथाभावि फोहोर हुन थालेपछि त्यस क्षेत्रको सरसफाइसँगै नगरप्रहरी त्यस ठाउमा खटाइएको छ । धरान भेडेटार सडक खण्ड आपगाछी क्षेत्रमा खानेपानीको मुहानमा फोहोर हुने भएकोले सोमबारदेखि संयुक्त सुरक्षा टोली परिचालन गरी जलाधार क्षेत्रको
धरान । संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । अस्पतालकै लापार्बाहीका कारण जडान गरिएको अक्सिजन प्लान्ट तीन महिना पनि नबित्दै बिग्रिएपछि जिल्लाका बासिन्दालाई विरामी हुदा धरान वा विराटनगरबाट मगाउनुपर्ने बाध्यता रहेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको अक्सिजन प्लान्ट कार्तिक महिनमा जोडिएको थियो । ६८ लाख ५० हजार लागतमा जडान गरिएको प्लान्ट माघ महिनासम्म चलेको थियो । त्यसपछि अक्सिनजन प्लान्ट बिग्रिएर थन्किएको जिल्ला अस्ताल संखुवासभाले जनाएको छ । विग्रिएको अक्सिजन प्लान्ट बनाउने जिम्मा पाएको कम्पनि प्रविधि इन्टरनेशनलल
२८ वर्ष अघि धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदा ३ सय ५० बेडको क्षमताका रुपमा स्थापना भएको हो । हाल प्रतिष्ठान प्रशासनले आफ्नै प्रयासमा ८ सय शैयासम्मको सुविधा विस्तार गरेको छ । यसको ओपिडी क्षमता एक दिनमा १ हजारभन्दा बढी हुनुहुँदैन । तर अहिले दैनिक ३ हजार बिरामीको चाप धान्नु पर्ने बाध्यात्मक अवस्था छ । २८ वर्ष बितसक्दा प्रतिष्ठानले संस्थागत विकास गर्न सकेको छैन । बिरामीको वर्तमान चापको अवस्थालाई मध्यनजर गर्दा कम्तिमा अस्पतालको क्षमता १ हजार ५ सय शैयाको हुनुपर्छ । आइसियु शैया थप गरिनुपर्छ । तर सरकारी वा संस्थागत रुपमा प्रतिष्ठानको विकास हुन सकिरहेको छैन । बिपी कोइराला स