स्वास्थ्य

    Showing 1,321-1,330 of 2,408 items.
  • गर्मी बढेसँगै सर्पदंशका बिरामी बढे: गाउँमै उपचार केन्द्र बनेपछि स्थानीय हर्षित

    धरान । मोरङको बेलबारमा सर्वदंश उपचार केन्द्र स्थापना नहुदा आसपासका सर्वसाधारणहरुले धेरै समस्या भोग्नुपरेको थियो । सर्पले डसिहाले त्यहाका सर्वसाधारणर्ला उपचारको झापाको दमक, सुनसरीको इटहरीमा रहेको सर्पदंश सेवा केन्द्रमा पुर्‍याउनुपर्ने बाध्यता थियो । नजिकै उपचार केन्द्र नहुँदा धेरैले मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर अहिलो भने त्यो समस्याबाट बेलबारी तथा आसपासका सर्वसाधारण मुक्त भएका छन् । केराबारी ९ घंघरुका मिनकुमार पौडेललाई ५ बर्ष अगाडि गाउँमै खेतमा गोमन सर्पले डस्यो । खेतमा पानी लाउन राति टर्चलाइट बालेर गएका उनको खेतमा पुग्न नपाई आफ्नै खुट्टाले गोमन सर्पलाई टेकेपछि उनलाई खुट्टामा डस्य

    • प्रकाशित मितिः असार २४, २०७९
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल र केएमसीबीच खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने सहमति

    धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । सहमतिसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीसँगै खेलाडीका परिवारलाई समेत नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार जनाएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेप

    • प्रकाशित मितिः असार २१, २०७९
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिद्धि नेवाः परिषद्द्वारा निःशुल्क आँखा शिविरको आयोजना

    धरान । सिद्धि नेवाः परिषद् धरानले नि: शुल्क आँखा शिविरको आयोजना गरेको छ । मंगलवार परिषद्को भवनमा सम्पन्न शिविरमा १ सय १७ जनाले आँखा जाँच गरेका थिए । नेपाल नेत्र ज्योति संघ बिराटनगर आँखा अस्पताल रानीका चिकित्सक टोलिले आँखा जाँच गरेका थिए । शिवरमा शल्यक्रियाका लागि छनौट भएका विरामीहरुका लागि नि: शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको परिषद्क अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए । विरामीका लागि सहुलियत दरमा चश्मा तथा औषधि समेत उपलब्ध गरिएको थियो । आँखा जाँच गरेका विरामीहरुकालागि आवश्यक परामर्श गरिनुका साथै थप उपचार गर्न नसक्ने भए संस्थाले आवश्यक सहयोग गर्ने समेत योजना रहेको शिविर संयोजक मोहन श्रे

    • प्रकाशित मितिः असार १५, २०७९
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा स्वास्थ्य विमा कार्यक्रम स्थगित: सर्वसाधारण भने मारमा

    धरान । केही समय अगाडि सरकारले स्वास्थ्य विमामार्फतको रकम भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने निर्णय गरे पनि सेवा सुचारु गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी असार २० गतेदेखि स्वास्थ्य विमा कार्यक्रमलाई स्थगित गर्ने जनाएको छ । प्रतिष्ठानाले सोमबार एक सूचाना जारी गर्दै विमा कार्यक्रमको सरकारसँग ३४ करोड भुक्तानी लिन बाँकी रहेको र बाँकी रहेको रकम नदिएकै कारण वीपी सञ्चालनमा कठिनाई भएको भन्दै वीमा कार्यक्रमलाई स्थगन गरिएको जनाएको छ । विमा बोर्डबाट बीपीले दाबी गरे अनुरुपको रकम नआएपछि प्रतिष्ठानका कर्मचारी, चिकित्सक लगायत प्रतिष्ठानमा

    • प्रकाशित मितिः असार १५, २०७९
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क मोतियाविन्दु शल्यक्रियाले फेरियो जीवन

    धरान । धरान–१४ विजयपुरमा असार ४ गते आयोजना भएकोे निःशुल्क आखा शिविरबाट मोतिया विन्दु भएकालाई वडाको पहलमा आँखा अस्पतालसँग सहकार्य गरेर निःशुल्क शल्यक्रिया गरिदिएपछि वडाका सर्वसाधारणले खुशी व्यक्त गरेका छन् l शिविरमा २ सय ८९ जनाको आँखा परीक्षण गरिएका थिए । जसमध्ये ३१ जनाको मोतीबिन्दु र ३ जनाको आँखाको जालो काट्ने शल्यक्रिया गर्नुपर्ने जनाइएको थियो । मोतियाविन्दुको शल्यक्रिया गरेर फर्किएका धरान १४ का स्थानीय आनन्दप्रुसाद श्रेष्ठ अहिले दंग छन् । गुमेका आँखाका ज्योति वडाको सक्रियातामा इटहरी आखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेर फर्कादिएकामा उनी दंग भएका हुन् । उनी भन्छन्–‘मेरो आ

    • प्रकाशित मितिः असार १०, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीस वेडको आइसिुय थप गरिने

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको सुविधालाई ध्यानमा राखेर ३० बेडमा आइसियु जाडन गर्ने भएको छ । नेपाल सरकारको सहयोगमा आइसिुयलाई चाहिने सामाग्री सहितको सुविधासम्पन्न बेड रहने प्रतिष्ठानले जनाएको छ । दिनप्रतिदिन विरामीको चाप बढ्दै जाँदा आइसियुको अभावमा विरामीहरु तड्पिनु बाध्यता अब हटेर गएको छ । प्रतिष्ठानमा भएको कुल वेड संख्याको अनुपातमो आइसियु बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको थियो । लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आइसियु थप गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाए ।

    • प्रकाशित मितिः असार ९, २०७९
    • 1,868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठान द्वारा आफ्नै ब्लड बैंक सञ्चालन

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । असार २ गतेबाट पूर्ण रुपमा सञ्चालनमा ल्याएको ब्लड बैंकबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सञ्चालन भएको ब्लड बैंकबाट रक्त अल्पता भएका र डायलाइसिस गर्नुपर्ने विरामीहरुको लागि पिसिभी सेवा दिइने प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । उनले भने–‘प्रतिष्ठानले आफ्नै ब्लड बैक २ गतेबाट सञ्चालनमा ल

    • प्रकाशित मितिः असार ७, २०७९
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडावासीलाई निःशुल्क आखा शिविर

    धरान । वडाबासीका स्वास्थ्यका लागि धरान उपमहानगरपालिका वडा नं. १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको छ । नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा इटहरी आखा अस्पतालको सहयोगमा निशुल्क आखा शिविर एवम् चश्चा वितरण कार्यक्रमको आयोजना गरेको हो । वडामा रहेका दीर्घरोगी तथा अन्य आखाका समस्या भएकालाई लक्षित गरी धरान १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको जनाइएको छ । विगतदेखि नै विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न प्रकारका निशुल्कस्वास्थ्य शिविको आयोजना गर्दै आएको वडाले निर्वाचित भएर आएपछि भने आखाका समस्या भएका सर्वसाधारणलाई लक्षित गरी आखाको शिविरको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रस

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1,247 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पीतिलाई राहत : एक हजारमै डाइलासिस

    धरान । मिर्गौला पीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौ लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि सस्तोमा डाइलासिस गर्ने भएको छ । अस्पतालमा मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजारमा डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला पीडित विरामीहरूले डायलाइसिस गर्नुपरे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित हेमाडायलासिस सञ्चालनमा ल्याएको छ । सर्वसुलभ ढंगमा गुणस्तरीय डाइलासिस गर्न पाउने भएपछि विरामीले राहत मिलेको बताएका छन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि

    • प्रकाशित मितिः असार २, २०७९
    • 763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा असार एक देखि बुष्टर डोज लगाइने

      धरान । धरानमा असार १ गतदेखि कोरोना विरुद्धको बुस्टर डोजको खोप लगाइने भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाल दिएको जानकारी अनुसार १२ बर्ष उमेर समुहदेखि माथिका उमेरका दोस्रो खोप लगाएको तीन महिना पूरा भएकाले मात्रै बुस्टर डोज खोप लगाइने भएको हो । असार ५ गनेसम्म सञ्चालन हुने खोप अभियान धरानभरि विभिन्न स्थान गरी १४ स्थानबाट सञ्चालन गरिने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । तोकिएको खोप केन्द्रमा बिहान १० बजे देखि साझ ४ बजे सम्म खोप लगाउन सकिने उनले बताए । खोप लगाउन जानेले अनिवार्य दोस्रो पल्ट लगाएको खोप कार्ड भएमात्र बुस्टर खोप लगाउन पाइने बताएको छ । अहिले सम्म

    • प्रकाशित मितिः असार १, २०७९
    • 1,053 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved