स्वास्थ्य

    Showing १,२११-१,२२० of २,६१३ items.
  • बीपीमा भएको आन्दोलनको समाधान गर्न राजनीतिक दलहरुद्वारा पहल शुरु

    धरान/  लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • ८५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

    इलाम। इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ। उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए। केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए।  केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए। गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा माछा घटेपछि चिन्ता

    वराहक्षेत्र/  सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा संकटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा संकटमा परेको हो । वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । कोशी गाउँपालिका ३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ६०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व पक्षघात दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ /  ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त विरामीले पाए सास्ती

    धरान/  स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति

    • प्रकाशित मितिः असोज २९, २०८०
    • ८०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा १ सय ४० जना चिकित्सकद्वारा सामूहिक राजीनामा

    धरान/वृत्ति विकासको माग गर्दै आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ८३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मासु पसल बन्द : बन्दको घोषणाले स्थानीय आक्रोशित

    धरान/  बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् । मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् । आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्र

    • प्रकाशित मितिः असोज २४, २०८०
    • ९२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहरका चरालाई पानी पिलाउँदै

    इलाम/  पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्

    • प्रकाशित मितिः असोज २३, २०८०
    • ८२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवसेवा आश्रमका आश्रितलाई भोजन

    विराटनगर/  विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ९११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानव सेवा आश्रमका असहायलाई भोजन

    मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् । परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो । अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् । सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved