स्वास्थ्य

    Showing 1,021-1,030 of 2,408 items.
  • कोशी ग्यासलाई २ लाख जरिवाना

    मोरङ/  शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलि

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुँरासमा डेरी निर्माण भए पछि कृषक लाभान्वित

    धरान/ तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नं. १२ मा दूध डेरी निर्माण शुरु भएको छ । कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ । लालीगँुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध पर्याप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो । डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् । लालीगुँरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधले बजार पाएको थिएन । दूध बजारमा नगए पनि दही, घिउँ बनाएर विक्री वितरण गर्ने गरिएको छ । ब

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

    विराटनगर/  विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अली

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 862 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु पदार्थ सेवन गरि सवारी चलाउने ८ जना पक्राउ

    विराटनगर/ लागु पदार्थ सेवन गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले गत मंगलबार गरेको लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

    मोरङ/  सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।

    • प्रकाशित मितिः असोज ४, २०८०
    • 675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीका चिकित्सक पनि आन्दोलित

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आकस्मिक कक्षबाहेकका सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् । केही समय अगाडि हेटौडाको सञ्चो अस्पतालमा उपचारका एक विरामीको उपचारकै क्रममा मृत्यु भएको थियो । चिकित्सकको लापारबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सोही अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि गत भदौ २७ गते हातपात गरेका थिए । चिकित्सकहरु असुरक्षित भएको भन्दै सुरक्षित काम गर्ने वातावरण हुनुपर्ने भन्दै सेवा ठप्प पार्दै धर्ना दिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणको घोर निन्दा गर्दै नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको सर्कुलर अ

    • प्रकाशित मितिः असोज २, २०८०
    • 809 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरुण दलले धरान १४ का सडकका खाल्डाखुल्डी पुर्‍यो

    धरान/ धरानको धार्मिक क्षेत्र धरान १४ विजयपुरमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम भएको छ । नेपाली काँग्रेससँग आवद्ध तरुण दल धरान उपमहानगर समतिले १४ नं. वडा समितिको सहयोगमा खाल्डाखुल्डी पुर्ने काम गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा भएका सडकका खाल्डाखुल्डीका कारण विजयपुर आउने धार्मिक पर्यटकहरुलाई असहज भएको थियो । यसैलाई मध्यनजगर गरी नेपाल तरुण दल धरान उपमहानगर समितिको आयोजनमा तथा धरान उपमहानगरपालिका वडा नं. १४ नं. वडा समितिको सहयोगमा विजयपुर क्षेत्रभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको हो । यो क्षेत्रमा रहेका पिण्डेश्व

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपमेयरका भाई काण्ड : पिडितको आर्थिक अभावले उपचारमा समस्या

    धरान / धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् । उपमेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट सख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ । उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसँगै न्याय पनि नपाईने हो की भनेर चिन्तित छिन् । धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो । सोहीबेला उपमेयरका भाई विष्णु वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए । विष्णु सहितको समुह हतियार सहित आएपछि उ

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • 2,425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ देशनै शोकमग्न, ढल्यो इलामको आशाको दियो

    इलाम/  संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमाले उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ इलामका प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्युले सिङ्गो देशनै शोकमग्न भएको छ । नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेम्वाङको मृत्युले देशनै शोकमग्न बनेको हो । मंगलबार बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङलाई राति १ बजे हृदयाघात भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved