वराहक्षेत्रनगर अस्पतालको रुप फेरिदै, तयार भयो आधुनिकआकस्मिक कक्ष "संगम विष्ट"

  • असार ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालमा आधुनिक आकस्मिक ( इमेजेन्सी ) कक्षको उद्घाटन गरिएको छ ।

अस्पतालको आन्तिक स्रोतबाट निर्माण भएको उक्त आकस्मिक कक्षको सोमवार नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले उद्घाटन गरेका छन् ।

अस्पतालकै आन्तिक स्रोत बाट तयार भएको ९ वेट क्षमताको आकस्मिक रहेको छ । आकस्मिक कक्षसंगै अस्पताल परिसरमा टायल लगाउने र सौचालय गरेर २० लाखको लागतबाट काम गरिएको अस्पतालका व्यवस्थापक दिवश बिष्टले बताए ।

bara-aspatal

नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको प्रमुख आतिथ्यतामा आयोजना भएको उद्घाटन कार्यक्रम नगर उप- प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका उपध्यक्ष नन्दकुमारी सुनुवार , वडा नं ६ का अध्यक्ष उद्बब पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल व्यवस्थापन समितिका सदस्य अनु गुरुङ्ग , रत्न राउत , तुलसा राई , पृश्बी चन्द्र भगत , अस्पतालका व्यवस्थापक मोहन सुवेदी , अस्पतालका चिकित्सक , कर्मचारीहरुको लगायतको उपस्तिथि रहेको थियो ।

आकस्मिक कक्षसंगै साउन १ गतेबाट बिषय बिज्ञ सहितको दन्त, फिजिसियन , वालबालिका , गाइनो लगाएको सेवाहरु बिस्तार समेत गरिने अस्पतालका व्यवस्थापक दिवश बिष्टले बताए ।

वराहक्षेत्र नगरपालिकाद्बारा सञ्चालित  वराहक्षेत्र नगर अस्पताल कोसेवा र प्रशासन ब्यबस्थापनमा नगर प्रमुख आएसंगै रुपनै फेरिएको छ ।

हाल अस्पतालबाट प्रवाह हुने सेबाहरु थपिएका छन् । २०७६ जेठ १३ गते स्थापना भएको उक्त नगर अस्पताल २०७९ सालको जेठसम्म आईपुग्दा लेखा परिक्षणको (अडिट ) रिपोर्टका आदारमा आर्थिक दायित्व भक्तानि दिन नसक्दा सेवाहरु समेत ठप्प हुने स्थितिमा पुगेको थियो ।

नगर प्रमुख रमेश कार्कीले अस्पतालको व्यवस्थापन पक्षलाई प्रथामिकताका साथ राखेर काम सुरु गरे पछि अस्पतालको सेवा र प्रशासन ब्यबस्थापनको रुपनै फेरिएको हो ।

हाल अस्पतालमा सेबाहरु थपिएका छन् भने व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि तिरी सकेको छ ।

अस्पतालका साहयक व्यवस्थापक दिवश बिष्टका अनुसार नया समितिले लेखा परिक्षण रिपोर्टका आदारमा दायित्व भुक्तानी गरेको छ । हाल अस्तालले मार्सिक रुपमा करिव ८०-९० लाखको कारोबार गर्ने र करिव १० लाख रकम बचत गर्ने बिष्टले बताए ।

हाल अस्तालमा २ सय ५० देखि ३ सय को संङख्यामा सेवाग्राहीहरु आउने गरेका छन् ।

बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडि सेवालाई बढाएर बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

हाल अस्पतालले वर्षको ३६५ दिनै सार्वजनिक बिदा र शनिवार समेत बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सक द्वारा ओपिडी सेवाु र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइ रहेको छ ।

२४ सै घण्टा इमरजेन्सी, ल्याव, फार्मेसी, भिडियो एक्स-रे, फिजोयोथेरापी सेवा, हप्तालो दुई दिन आइतवार र बुधबारका दिन आँखा उपचार सेवा , हप्ताको दुई दिन सोमबार र बुधबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू रूपमा सञ्चालन भइरहेको छ ।
अस्पतालकै नाफाबाट फार्मेसी भवन निर्माण: 
एमडिजिपि सहित बिशेषज्ञ डाक्टर , डेन्टल लगाएका अन्य सेवा थप गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

नगरपालिकाले स्वास्थ्य सेवालाइ प्रथामिकतामा राखेर काम गरेको र सम्पूर्ण नगरवासीलाई स्वास्थ्यको पउजुसम्म पुरान लागि परेको बताए ।

चक्रघट्टि , चतरा र मधुबनका अस्तालमा सेबा बिस्तारदेखि सुर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम , कोसिपारी स्वास्थ्यकर्मी र भवनको काम भईरहेको र सम्पुर्ण वडाहरुमा स्वास्थ्य संस्था स्तरवृद्बि र जनशक्ति व्यवस्थापनमा नगरपालिकाको योजना रहेको कार्कीले बताए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved