बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ । वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् । जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग, सुनसरीको राष्ट्रिय
मोरङ / विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । बिराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप (सि.जि.कम्युनिकेशन) बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत व्यवस्थापन संकायमा स्नातक तह बिबिएस. र युके बेष्ट एसिसिए प्रोग्राममा गुणस्तरीय शिक्षा प्रदान आएको सोम्सले विश्व बजारको आवश्यकता, विश्व व्यापार सुधार र प्रवद्र्धनका लाग आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सम्झौता गरिएको कलेजका सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले जानकारी दिए । उनले भने–‘सिजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रवद्र्धन गर्ने व्यवसायिक कम्प
सुनसरी / चैते छठ शनिबारदेखि सुरु भएको छ । सोमबार तेस्रो दिन अर्थात् छठ पर्वको मुख्यको रुपमा लिइन्छ । सोमबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने आज मङलबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्दछन् । प्रसादमा खीर , केरा, दुध एवम् विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ । पर्वको तस्रो दिन ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिने गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब
धरान/ मिस र मिस्टर सगरमाथाको उपाधि क्रमश सिम्रन लिम्बु र दिवस राईले जितेका छन् । धरान–३ स्थित सगरमाथा एसडी कलेज र डल्फिन पुर्वान्चल एकेडेमीले संयुक्तरूपमा आयोजना गरेको मिस र मिस्टर सगरमाथाको उपाधि लिम्बु र राईले हात पारेका हुन ्। शनिबार शिक्षा सदन स्कुलको सभा हलमा सम्पन्न प्रतियोगितामा छात्र तर्फ अभय श्रेष्ठ र छात्रा तर्फ स्मृती योन्जन फष्ट रनर अप घोषित भए । यसैगरी छात्र तर्फ बेष्ट डिसिप्लिन सुदिप भुजेल, मस्ट एक्टिभ जीवन तामाङ र मोस्ट ट्यालेन्टको उपाधि निबेदन राईले पाए भने छात्रातर्फ बेस्ट डिसिप्लिन डोल्मा तामाङ, मस्ट एक्टिभ मेघा बिश्वकर्मा र मस्ट ट्यालेन्टको उपाधि सिम्रन लिम्
धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए । उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६
झापा / मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका विद्यार्थीले बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका छन्। उनीहरूले गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेका छन् । गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो गुरुकुल आर्थिकरूपमा सबल छैन। यहाँ पढ्ने विद्यार्थीसमेत विपन्न र असहाय परिवारबाट आएका छन्&
धरान / ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । धरान ५ ठिंगाबारीका दुई दाजुभ
मोरङ / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्र
मोरङ / बिराटनगर १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीमा अधयनरत बिद्यार्थीहरुले पुर्वान्चल बाल सेवा आश्रमका बाल बालिकालाई खाना खुवाएका छन् । विद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजन खुवाएका हुन् । सो अवसरमा उनीहरुले बालबालिकालाई मनोरञ्जन समेत प्रदान गरेका थिए । विद्यार्थी अरबिन्द नायक नेतृत्वको समुहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समुहले मनोरञ्जनका विभिन्न गतिविधिहरु नृत्य , विभिन्न खेलको आयोजना गरेको थियो । सो अवसरमा आश्रमकी संरक्षक आमा सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रम सहयोगीकै भरमभा विगत ३० वर्ष देखि सञ्चालन भएको बताएकी थिइन्
मोरङ / विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका छ ।शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरणसँगै शुभकामना दिएको हो । स्कुलले परीक्षामा सामेल हुने १ सय ५ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखीकरण कार्यक्रममा सिकाएको थियो । उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षक कुलचन्द्र प