विराटनगर/ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् । दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भी
दुहबी/ दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । २ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै स
धरान । दशै तिहारको बिदामा गृहकार्य स्वरुप दिइएको गृहकार्यमा विद्यार्थीहरुले तयार गरेको सचेतनामुलक सामग्रीहरुको धरान स्थित विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयले मिनि प्रदर्शनीको आयोजना गरेको छ । दशै देखि छठ सम्मको विदामा विद्यार्थीहरुले विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका विभिन्न विषयको सैद्धान्तिक ज्ञान तथा सृजनात्मक क्षमतालाई व्यवहारिक रुपमा सिक्न सिकाउन गृहकार्य दिएको थियो । विद्यार्थीहरुलाई विविध परियोजना कार्य तथा मोडेल तयार गर्नका निम्ति दिइएको गृहकार्यका रुपमा तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरि गत मंसिर १७ गते प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा विद्यार्थी र अभिभावक
धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर
ओखलढुङ्गा/ राष्ट्रिय परिचयपत्रको फारम भरेका सम्बन्धित व्यक्ति लिन नआउदा ओखलढुङ्गाको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परियचपत्रको चाङ थुप्रिएको छ । ओखलढुङ्गाबाट राष्ट्रिय परिचयपत्रका लागि फारम भरेकाहरुले कार्ड लिन नआउदा कार्यालयमा नै कार्ड थन्किएको हो । राष्ट्रिय परिचयपत्रको निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट नै आवेदन संकलन गरिरहेको छ । २०७७ साल साउन १ देखी २०८० साल कार्तिक मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन
सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार
धरान/ धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा
धरान/ “लैङिगक हिंसाको अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”को मूल नारा सहित धरान महिला सञ्जाल समितीले १६ दिने अभियान शुरु गरेको छ । शनिबार धरानको भानुचौक स्थित घण्टाघरको प्राङगणमा व्यानर र प्लेकार्ड प्रर्दशन सहित सो अभियानको घोषणा गरको हो । १६ दिने अभियानको शुरुवातको सफलताको लागि इलाका प्रहरी कार्यलय धरानले पनि “लैङिगक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता”को मूल नारा सहित महिला प्रहरीको उल्लेख्य सहभागितामा प्रभात फेरी गर्दै साझेदारी, सहकार्य र ऐक्यबद्धता प्रकट गरेको महिला सञ्जाल धरान समितीकि सचिव ईन्द्रकला राई
धरान/ बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् । सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन । तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ । नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्त
मोरङ/ त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा