स्ववियु निर्वाचन : पिण्डेश्वरमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन

  • चैत ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चैत्र ५ गते देशभरका आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले नयाँ नेतृत्व चयन गर्दैछन् अर्थात देशभरका आंगिक क्याम्पसहरुमा चुनाव हुदैछ ।

धरानमा रहेका आंगिक क्याम्पसहरु महेन्द्र वहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पसमा चुनावी सरगर्मी बढिरहेको छ । धरानका तीन वटा क्याम्पसका चुनावी सरगर्मी बढिरहेका बेला धरान १४ मा रहेको पिण्डेश्वर विद्या पीठमा भने निर्वाचनकै अघिल्लो दिन सोमबार सर्वसम्मत ढंगबाल नेतृत्व चयन भएको छ ।

निर्वाचन समितिका संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार अधिकांश पदाधिकारी नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट नयाँ नेतृत्व चयन भएका छन् ।

उनका अनुसार ११ सदस्यीय समितिको अध्यक्षमा अनेरास्ववियुका तर्फबाट सुधाकर पोखे्रल चयन भएका छन् । यसैगरि सचिवमा नेविसंघका प्रवेश पौडेल, कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरमा नेविसंघबाट छविन्द्र भट्टराई र विजय निरौला चयन भएका छन् भने राष्ट्रिय प्रजान्त्र विद्यार्थी संगठनका तर्फबाट दिगन्धप्रसाद घिमिरे र आशिष नेपाल चयन भएका छन् ।

यसैगरी समानुपातिक तर्फबाट अनेरास्ववियुबाट अर्जुन निरौला, नेविसंघबाट गोविन्द अधिकारी, अरुण नेपाल र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनबाट गोपाल गुरागाई सर्वसम्मत चयन भएका छन् ।

pindeswor-Bidha-pith-pic-2

भोलि हुने निर्वाचनमा महेन्द्र वहुमुखी क्याम्पसमा र केन्द्रीय प्रविधि क्याम्पसका सत्ता गठबन्धनका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् भने माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु लगायतका अन्य विद्यार्थी संगठन छुट्टाछुट्टै ढगबाट चुनाव लड्दै छन् । यसैगरि पूर्वाञ्चल इन्जिनियरिङ कलेलमा भने कुनै विद्यार्थी संठठनले गठबन्धन नगरी स्वच्छ ढंगले निर्वाचमा जादैछन् ।

अन्य आंगिक क्याम्पसमा चुनावी सरगर्मी बढे पनि पिण्डेश्वर विद्या पिठमा भने चुनावकै अघिल्लो दिन सर्वसम्मत ढंगबाट नेतृत्व चयन गरी लोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved