स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु,धरानमा कस्ले मार्ला बाजी ?

  • चैत ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानका तीन क्याम्पसमा (स्ववियु) निर्वाचन सुरु भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरू स्ववियु नेतृत्व चयनका लागि मतदान गर्दै छन्।

महेन्द्र क्याम्पसमा गठबन्धन प्यानल बलियो

महेन्द्र क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुबीच गठबन्धन बनेको छ। गठबन्धनको तर्फबाट प्रसान राई सभापतिको उम्मेदवार छन्।

सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा आलोक लिम्बु तथा प्रत्यक्ष सदस्यतर्फ ज्ञानेश राई, निरज राई, अस्मिन लिम्बु, स्मृति राई, देवानी राई, विशाल लिम्बु, विराज श्रेष्ठ र म्हार म्हेन्दो तामाङ उम्मेदवार छन्।

गठबन्धन बलियो देखिएको भन्दै उम्मेदवारहरूले आफ्नो सहज जित हुने दाबी गरेका छन्।

केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार)मा अनिरुद्ध श्रेष्ठको अग्रता

हात्तीसार क्याम्पसमा अनेरास्ववियुका अनिरुद्ध श्रेष्ठ (कृश) सभापतिको उम्मेदवार छन्।

नेविसंघ र अनेरास्ववियुको साझा उम्मेदवार भएका कारण श्रेष्ठको प्यानल बलियो देखिएको छ।

स्वतन्त्र समूहतर्फबाट पेशल राज कार्की सभापतिमा उम्मेदवार छन्, तर उनी कमजोर प्रतिस्पर्धी भएको विद्यार्थीहरूको भनाइ छ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा बहुपक्षीय प्रतिस्पर्धा

इञ्जिनियरिङ क्याम्पसमा भने कुनै गठबन्धन बनेको छैन। यहाँ सभापतिका लागि विभिन्न विद्यार्थी संगठनका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

नेविसंघबाट सागर बत्स्याल, अनेरास्ववियु क्रान्तिकारीबाट करण मगर, अनेरास्ववियुबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी संघ (उपेन्द्र यादव समूह) बाट गणपति झा, र स्वतन्त्र विद्यार्थी समूहबाट सविन धिताल प्रतिस्पर्धामा छन्।

७८०२ विद्यार्थी मतदाता

धरानका यी तीन क्याम्पसमा जम्मा ७८०२ विद्यार्थी मतदाता छन्। महेन्द्र क्याम्पसमा ४४८४, हात्तीसारमा ९५६, र इञ्जिनियरिङ क्याम्पसमा २३६२ मतदाता छन्।

धरानका चारमध्ये नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत पिण्डेश्वर विद्यापीठमा भने स्ववियु निर्वाचन छैन।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved