धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए । यी र यस्ता उखानहरु मानिसको जीवनयापनमा ठ्याक्कै मिल्ने गरेको पाइएको छ । माथिको उखानसँग भने धनकुटा जिल्लाको चौवीसे गाउँपालिकाकी ४३ बर्षीय पद्मा लिम्बुसँग ठ्याक्कै मिल्न पुगेको छ । विविध कारणले अध्ययनलाई बीचैमा छोड्नु भएकी लिम्बुले २६ बर्षपछि पुन:अध्ययनलाई निरन्तता दिँदै सबैको प्रेरणाको पात्र बन्न सफल हुनु भएको छ । २०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, सोही सालमा जिल्ला समन्वय समिति धनकुटाको सदस्य भई आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिने ल्याकत बनाइसक्नु भएकी लिम्बुले २
धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । देशैभरि दुर्घटना न्यूनिकरणको अभियान शुरु गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत धरानमा समेत शुरु भएको छ । धरानमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको छ । सप्ताव्यापी अभियान अन्तर्गत विहान ट्राफिक प्रहरीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, यातायात सम्बन्धी विभिन्न संघ संगठन, यातायात मजदुर, यातायात व्यवसायी र विद्यालयको विद्यार्थी सहितको सहभागितामा धरानमा सचेतनात्मक र्यालीका आयोजना गरिएको थियो । परिक्रममा पछि र्याली धरान ७ सिद्धी नेव
धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को स्तम्भ बनाइएको छ । यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ । धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन । विगतमा भूपू
बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ। सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए । क्लबका अध्यक्ष दुर्गानन्द दास ९बिक्रम० को अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका
‘शिक्षाको लागि संगीत,संगीतका लागि शिक्षा’ भन्ने मुल नारा सहित निरन्तर हरेक वर्ष आयोजना हुँदै आएको छ । यो बर्ष पनि चौथो संस्करण हुँदैछ । यसका लागि विभिन्न चरणहरु पुरा गरेर अब “एसईई आइडल २०८०” को फाइनल प्रतियोगिता यही असार ७ गते हुँदैछ । गायन र नृत्य विधा तर्फ यो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताबाट गायन आइडल र नृत्य आइडल बन्ने छन् । धरान १५ स्थित चुम्लुङ हिममा दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले हुदैछ । फक्तालुङ मिडिया हाउसकोे आयोजनामा हुँदै आएको उक्त प्रतियोगिता चौथो संस्करण सम्म आइपुग्दा कोशी प्रदेशमा स्थापित कार्यक्रम हुन सफल भएको
झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बा
दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन
भोजपुर/ जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् । सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ । यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानी
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी विद्यार्थीले पाएपछि खुशीले गद्गद भएका छन् । आइतबार विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए । अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए । अभियान नेपालले प्रेम दिवसका
सुनसरी/ इनरुवाको ९ नम्बर वडाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार बबियाको भगवती मन्दिरस्थित सभा हलमा चालु आर्थिक वर्षको योजना तथा भावी योजना छनौट सहितको सार्वजनिक सुनुवाइ तथा योजना छनौट कार्यक्रम सम्पन्न गरेको हो । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष वसिरमुदिन मन्सुरीको अध्यक्षतामा तथा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सचिव मुना बरालले योजनाहरुको विवरण सहितको प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा उल्लेखित चालू आर्थिक वर्षमा वडा तथा नगरले संचालन गरेका विकास आयोजनाहरु माथि स्थानीयहरुले आफ्नो धारणा तथा प्रश्नहरु सहित जबाफ माग गरेका थिए । स्थानी