धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ (Season–2) को पहिलो अडिसन शुक्रबार धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। र्याडिकल लाइट नेपाल प्रा.लि. को आयोजना र धरान उप–महानगरभित्रका सामुदायिक तथा निजी २८ विद्यालयका विद्यार्थीको सहभागितामा सम्पन्न अडिसनमा ७७ प्रतिस्पर्धीमध्ये ३७ जनाले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्। छनोट भएकामध्ये पब्लिक हाईस्कुलकी खान्नुमा राई, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु, मेरील्याण
धरान/ भगवान् श्रीकृष्णको जन्मजयन्ती ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर भक्ति, आराधना र उल्लासका साथ मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्ण ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन्। यस रातलाई ‘मोहरात्री’ नामले पनि चिनिन्छ। अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेक
धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ
सुनसरी/ उच्च अदालत विराटनगरले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसलाई एल.एल.बी. प्रथम वर्षका विद्यार्थी ईश्वर कट्टेललाई परीक्षा दिन अनुमति दिन उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ। बुधबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र कृपासुर कार्कीको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो। नियमित पठनपाठन गर्दै आएका कट्टेललाई क्याम्पसले परीक्षा फाराम बुझ्न अस्वीकार गरेको थियो। क्याम्पसले उनी पूर्वाञ्चल विश्वविद्यालयबाट ल्याएको ‘माइग्रेसन सर्टिफिकेट’का कारण परीक्षा फाराम बुझ्न नपर्ने दाबी गरेको भए पनि अदालतले कानुनी आधार नदेखी परीक्षामा सहभाग
धरान/मेचीनगर–१३, झापाको चारालीमा गत अगस्त ९ मा सम्पन्न प्रथम इन्डो–नेपाल अन्तरविद्यालयीय खुला कराँते प्रतियोगिता २०२५ मा मोर्डन प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले शानदार सफलता हात पारेका छन्। प्रतियोगितामा खुशी बिष्टले कुमितेमा स्वर्ण पदक र कातामा कास्य पदक (५० केजी तौल समूह) जितिन्। शिल्पा श्रेष्ठले कुमिते र काता दुवैमा स्वर्ण पदक (३५ केजी तौल समूह) जित्दै दोहोरो विजेता बनिन्। त्यस्तै, अनुभव रेग्मीले पनि स्वर्ण पदक जितेर विद्यालयको नाम उज्यालो पारे। विद्यालय प्रशासनका अनुसार, यो सफलता विद्यार्थीहरूको कडा मेहनत, उच्च समर्पण र अनुकरणीय खेल भावनाको परिणाम हो। विद्
धरान/ धरान उपमहानगरपालिका–४ ढाँडे, तेलनपुरमा अवस्थित कन्या आधारभूत विद्यालय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको विद्यालय हो। नगरभित्रकै दुर्गम वडामा पर्ने यो विद्यालय अत्यन्तै विपन्न तथा न्यून आय भएका बालबालिकाको शिक्षाको आधार बनेको छ, तर यसको सञ्चालन अझै पनि सहयोगकै भरमा छ। जम्मा २७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हुने–खाने परिवारका अभिभावक बसाइँसराइ गरेर महँगा निजी विद्यालय रोज्ने प्रवृत्तिका कारण विद्यार्थी संख्या घट्दै गएको छ। सरकारले उपलब्ध गराउने न्यून बजेटले विद्यालय चलाउन कठिनाइ भएपछि विभिन्न संघ–संस्था र व्यक्तिको सहयोग नै मुख्य आधार बनेको छ। हालै,
धरान । भारतमा रहेको अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटी सिलगुढीमा धरानका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अभिमुखीकरण सहित अवलोकन गरेका छन्। कोशी प्रदेशमै उत्कृष्ट रहेको युएन नवोदय कलेज धरानले कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान संकाय अन्र्तगतका विद्यार्थीलाई उक्त सिटीमा अभिमुखीकरण तथा अवलोकन गराएको हो । शनिबार कलेजले अध्ययनरत बिद्यार्थीलाई कुनै पनि शुल्क नलिई निःशुल्क रुपमा उक्त अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटीमा विद्यार्थीलाई अभिमुखीकरण सहित प्रत्यक्ष अनुभवको लागि लगिएको कलेजका पव्लिक रिलेशन अफिसर तथा अभिमुखीकरण संयोजक राम बहादुर लिम्वूले बताए । उनका अनुसार वि
धरान । हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई लाखे नाँचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरिएको हो ।नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए ।समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ ।लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।नेवार समुदायको मौलिक नृत्यको
धरान/ धरान–१२ स्थित एम्स एकेडेमीकी विद्यार्थी जेनिसा निरौलाले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिएको २०८१ सालको कक्षा १२ को परीक्षामा ३।९५ जिपिए ल्याउँदै देशभर बोर्ड सेकेण्ड र सुनसरी जिल्लामा प्रथम स्थान हासिल गरेकी छन्। शुक्रबार एकेडेमीले आयोजना गरेको विशेष कार्यक्रममा जेनिसासहित यस वर्ष उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान र बधाई प्रदान गरिएको थियो। काठमाडौंमा एमबिबिएसको तयारीमा रहेकी जेनिसाको सम्मानपत्र उनकी आमा मनमाया काफ्लेले ग्रहण गरिन्। ३।८४ जिपिए ल्याएका राज साह, ३।७३ जिपिए ल्याएकी सकुन राई, ३।७० जिपिए ल्याएकी कृतिका पौडेल र ३।६७ जिपिए ल्याएकी सोनम दाहाललाई पनि सम्मानपत्र प