धरान ४ मा सहयोगकै भरमा टिकेको कन्या आधारभूत विद्यालय

  • साउन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–४ ढाँडे, तेलनपुरमा अवस्थित कन्या आधारभूत विद्यालय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको विद्यालय हो। नगरभित्रकै दुर्गम वडामा पर्ने यो विद्यालय अत्यन्तै विपन्न तथा न्यून आय भएका बालबालिकाको शिक्षाको आधार बनेको छ, तर यसको सञ्चालन अझै पनि सहयोगकै भरमा छ।

जम्मा २७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हुने–खाने परिवारका अभिभावक बसाइँसराइ गरेर महँगा निजी विद्यालय रोज्ने प्रवृत्तिका कारण विद्यार्थी संख्या घट्दै गएको छ। सरकारले उपलब्ध गराउने न्यून बजेटले विद्यालय चलाउन कठिनाइ भएपछि विभिन्न संघ–संस्था र व्यक्तिको सहयोग नै मुख्य आधार बनेको छ।

हालै, क्लोथ फाउन्डेशन धरानको पहलमा व्यवसायी अशोक अग्रवालले शैक्षिक सामग्री, खेलकुदका सामान र मादलसहितको लोकबाजा विद्यालयलाई हस्तान्तरण गरेका छन्। यसले शैक्षिक र अतिरिक्त क्रियाकलापमा ठूलो राहत पुगेको प्रधानाध्यापक तुफान मगरले बताए।

विद्यालय व्यवस्थापन समितिले पनि यो संस्थाको अस्तित्व सहयोगमै टिकेको भन्दै अझै निरन्तर सहयोगको आग्रह गरेको छ। क्लोथ फाउन्डेशनका संरक्षक लालबहादुर कार्कीले प्रदान गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे।

शिक्षा सुधारको जिम्मेवारी स्थानीय सरकारले लिएको भए पनि दुर्गम र आर्थिक रूपमा कमजोर समुदायमा रहेका सामुदायिक विद्यालयको अवस्था अझै दयनीय छ। यस्ता विद्यालयलाई दीर्घकालीन र पर्याप्त बजेटको व्यवस्था गरेर मात्र गुणस्तर सुधार सम्भव हुने सरोकारवालाहरूको धारणा छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved