धरानमा स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसन सम्पन्न, ३७ जना दोस्रो चरणमा प्रवेश

  • साउन ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ (Season–2) को पहिलो अडिसन शुक्रबार धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ।

र्याडिकल लाइट नेपाल प्रा.लि. को आयोजना र धरान उप–महानगरभित्रका सामुदायिक तथा निजी २८ विद्यालयका विद्यार्थीको सहभागितामा सम्पन्न अडिसनमा ७७ प्रतिस्पर्धीमध्ये ३७ जनाले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

छनोट भएकामध्ये पब्लिक हाईस्कुलकी खान्नुमा राई, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, कार्मेल हाईस्कुलका सुहाङ लिम्बु, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल र काजोल राई रहेका छन्।

त्यस्तै पञ्चकन्या माध्यमिक विद्यालयका सागर राई, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे, सहिल श्रेष्ठ र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई, प्रिन्स राई र प्राप्ति बिक, सहिद स्मृति स्कुलका सोहन बराईली, बिशोक तामाङ, बबिता बिक र समुयल सिवा पनि दोस्रो चरणमा पुगेका छन्।

जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर र रिजोई लिम्बु, सुनाखरी एकेडेमीका सुमित दर्जी, अर्मोन श्रेष्ठ र मेडिया लिम्बु, शिक्षा सन्देश बोर्डिङ स्कुलकी सेस्मा लिम्बु र अभिषेक बराईली, किरातेश्वर स्कुलकी समिक्षा बिक, भानु स्मृति स्कुलका प्रबिन गहतराज, शारदा बालिका स्कुलकी पुजा राई, पब्लिक स्कुल (फुस्रे) का ह्यापिसन लिम्बु, पूर्वाञ्चल ज्ञानचक्षु स्कुलका महेस रनपाल र डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई पनि छनोट भएका छन्।

प्रतियोगितामा गायक प्राशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई निर्णायकका रूपमा रहे। आयोजक प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार विद्यार्थीहरूको गायन प्रतिभालाई उजागर गर्दै उनीहरूलाई उचित मंच दिलाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।

विजेताले नगद रु.२५ हजार, फर्स्ट रनरअपले रु.१५ हजार, सेकेन्ड रनरअपले रु.७ हजार र थर्ड रनरअपले रु.३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ७ गते शनिबार सहिद स्मृति माध्यमिक विद्यालयमै हुने आयोजकले जनाएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved