शिक्षा

    Showing 21-30 of 1,875 items.
  • सुनसरीमा जुटको मूल्य र औद्योगिक माग बढेपछि किसानहरू जुटखेतीप्रति आकर्षित

    सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 127 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधामको दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण

    बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना   व्यवस्थ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेज धरानमा बीएचएमको भर्ना एकै दिनमै बन्द, सबै सिट भरिए

    धरान/ युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) प्रथम सेमेस्टरको भर्ना खुलेको एकै दिनमा सबै सिट भरिएपछि भर्ना प्रक्रिया बन्द गरिएको छ। कलेजले आइतबार नयाँ विद्यार्थी छनोटका लागि अन्तर्वार्ता तथा समूहगत छलफल सम्पन्न गरेको थियो। छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो। तर, विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण निर्धारित सिट एकै दिनमै भरिएको कलेजले जनाएको छ। पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित युएन कलेजले स्थापनादेखि नै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान ग

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 1,294 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरपालिकामा सोमबार शोक बिदा

    धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। नगरपालिकाका अनु

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 299 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी सांसदले पारित गरे ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक’

    धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्। विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्। शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो। विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए। सभामु

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका कांग्रेस नेता सन्तोषले जोगि सन्यासीलाई सहयोग गरेर मनाए जन्मदिन

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले बराहक्षेत्र मन्दिर क्षेत्रमा रहेका असाय , सन्यासी र जोगिहरुलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । शुक्रवार साउन २९ गते आफ्नो ३८ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र-१ वराहक्षेत्र मन्दिर परिसरमा रहेका करिव ३० जना असाय , सन्यासी र जोगिहरुलाई खाद्यन , रकम र कपडा प्रदान गरेका थिए । जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । शशक्त, असाय भएका परिवारलाई आफ्नो जन्म दिनको अवशरमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनी बताउछन् । संन्तोषल

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुई जना ब्राउन सुगर सहित पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–१९ स्थित हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान–१० का १७ वर्षीय इमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुको साथबाट ब्राउन सुगर ०.६६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माङसेबुङका ११ विद्यालयमा मातृभाषा अनिवार्य, लिम्बू र वान्तवा भाषामा पढाइ

    इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्षण र पुस्तान्तरणलाई प्राथमिकता दिँदै गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ। राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा र लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीन विद्यालयमा लिम्बू भाषा अनिवार्य विषयका रूपमा पठनपाठन सुरु गरिएको हो। गाउँपालिकाका अनुसार माङसेबुङ–२ को सरस्वती आधारभूत विद्यालय, वडा नं. ४ को जनता आधारभूत विद्यालय र वडा नं. ६ को सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषाको पाठ्यपुस्तक लागू गरिएको छ। यसअघि वडा नं.

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 123 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरोज न्यौपाने मृत्यु प्रकरण: सौतेनी आमासहित बुबा र दुई काकाविरुद्ध मुद्दा

    इटहरी/  इटहरी–९ का १६ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै आज पनि विभिन्न कलेजका विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएका छन्। यसैबीच प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकाविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। विद्यार्थीहरूले सरोजको मृत्यु रहस्यमय रहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावमुक्त ढंगले गर्न सम्बन्धित

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा १७ वर्षीय सरोजको रहस्यमय मृत्यु, सौतेनी आमा पक्राउ

    इटहरी/ इटहरी–९ का १७ वर्षीय सरोज न्यौपाने मृत फेला परेपछि घटनाले इटहरीमा तरंग सिर्जना गरेको छ। इटहरीस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत सरोजको मृत्यु शंकास्पद रहेको भन्दै उनका साथीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथीहरूका अनुसार सरोजले लामो समयदेखि परिवारभित्र मानसिक तथा शारीरिक यातना भोग्दै आएका थिए। उनीहरूले सरोजलाई विशेषगरी सौतेनी आमा र काकाहरूले पटक–पटक कुटपिट गर्ने, खाना नदिई यातना दिने गरेको दाबी गरेका छन्। कुटपिटका डामसमेत आफूहरूलाई देखाउने गरेको र "म अब धेरै सहन सक्दिनँ" भन्दै पीडा सुनाउने गरेको साथीहरूको भनाइ छ। साथीहरूले सरो

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved