शिक्षा

    Showing 21-30 of 1,464 items.
  • ४ जीपीए ल्याएकी मिसु प्रधानले धरानकाे युएन-नवोदय कलेज रोजिन्

    धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा ल्याएकी हुन् ।यसैबीच मिहिनेती, प्रतिभावान (नृत्य, वक्तृत्वकलगायतका विधामा खप्पिस) उनले प्लस टु अध्ययनका लागि धरान–१६ स्थित युएन, नवोदय कलेज रोजेकी छिन् । सोमबार एक कार्यक्रमका बीच कलेजले उनलाई स्वागत गरेको छ । ‘४ जीपीए ल्याएको थाहा पाएपछि धेरै कलेजहरुले मलाई छात्रवृत्तिका लागि अफर गरे तर मैले धरानको युएन, नवोदय कलेजबारे बुझिसकेपछि यहाँ पढ्ने निधो गरें ।’ उनले भनिन् । उनका अ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतलाई

    धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्। सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे। जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए। प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा धरानका २ सहित ७ जनाले ल्याए एसईईमा ४.०० जिपिए

    धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानसहित सुनसरी जिल्लाका ७ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जिपिए हासिल गरेका छन्। उत्कृष्ट सूचीमा धरानस्थित सैनिक आवासीय माध्यमिक विद्यालयका प्रज्वल बस्नेत र विष्णु मेमोरियल स्कुलका रूपराज बरालले नाम जोड्न सफल भएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका अनुसार यस वर्ष जिल्लाभरका ५० परीक्षा केन्द्रमार्फत १२,५६१ विद्यार्थीले नियमिततर्फ एसईई परीक्षा दिएका थिए। तीमध्ये ८,७८० जना ग्रेडेड (उत्तीर्ण) र ३,८११ जना ननग्रेडेड भएका छन्।इकाइका प्राविधिक सहायक तोत्र खडकाका अनुसार ननग्रेडेड विद्यार्थीमध्ये १,७८१ जनाले एक विषयमा, ७९३

    • प्रकाशित मितिः असार १६, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जबरजस्ती करणी (हाडनाता) मुद्दाका फरार दुई अभियुक्त पक्राउ

    धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्। जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो। उनीहरुलाई धरानमा लुकिछिपी बसेको

    • प्रकाशित मितिः असार १५, २०८२
    • 3,570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढीगंगामा स्मृति बोर्डिङ स्कुलद्वारा धान दिवस विशेष कार्यक्रमसहित मनाइयो

    विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम्परा पछिल्लो समय झनै व्यापक बन्दै गएको छ। सरकारी मात्र होइन, निजी क्षेत्रका शैक्षिक संस्था समेतले यस दिनलाई उत्सवको रूपमा लिन थालेका छन्। सोही अवसरमा मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले पनि धान दिवस भव्य रुपमा मनाएको छ। स्कुलले आइतबार विशेष कार्यक्रम गरी २२ औँ धान दिवस मनायो। पञ्चेबाजाको मधुर धुनमा सुरु भएको कार्यक्रम बेठी बोकेर आएका रोपाहारहरूको टोलीले खेततर्फ अगुवाइ गरे। त्यसपछि विद्यार्थी, शिक्षक र अभिभावकहरू पानी ट्याङ्की नजिकको खेतमा रोपाइँमा सहभागी भए। कार्यक्रममा असारे भाका गुञ्जिँदै गर्दा कोही ग

    • प्रकाशित मितिः असार १५, २०८२
    • 181 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या गरिएको घटनामा आफ्नै काका संलग्न रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएपछि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइती

    • प्रकाशित मितिः असार १५, २०८२
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गौरवको प्रतीक धरान आदर्श धरान आदर्शमा विद्यार्थीको ओइरो लाग्छ

    धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल यो क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयको रूपमा परिचित छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा केन्द्रित यस स्कुलले थुप्रै सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।शैक्षिक अनुशासन, योग्य शिक्षक टोली, र आधुनिक पठनपाठन पद्धतिले धरान आदर्श बोर्डिङ स्कुललाई यहाँको शैक्षिक इतिहासमा एक महत्वपूर्ण स्थान दिलाएको छ। विद्यालयले बालमैत्री वातावरण, अतिरिक्त क्रियाकलापहरू र सामाजिक उत्तरदायित्वप्रति समर्पित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।विद्यालय प्रशासनका अनुसार, प्रत्येक वर्ष एसईई लगायतका परीक्षामा उल्लेखनीय नति

    • प्रकाशित मितिः असार १५, २०८२
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको एम्स कलेज,किन विद्यार्थीको रोजाईमा छ ?(भिडियो सहित)

    धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतरालाईनमा रहेको एम्स केलज धरानमा चलेको र विद्यार्थी अभिभावकको लागि रोजाईमा पर्न सफल कलेज हो । अन्य कलेज भन्दा यो कलेज पृथक कलेज पनि हो । यस अर्थमा यस कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि मात्रै अध्ययन अध्यापन गराउँदै आएको छ । त्यस कारण पनि धरानमा अन्य कलेज भन्दा फरक कलेजको रुपमा एम्स कलेजलाई हेर्ने गरिएको छ । कोशी भरीकै विद्यार्थीहरूका लागि रोजाईको कलेज बन्दै गएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक समूह, सुविधासम्पन्न शैक्षिक पूर्वाधार, अनि व्यवहारिक शिक्षामा जोड दिएको कारणले गर्दा एम्स केलजले विद्यार्थी र अभिभावक दुबैको विश्वास जित्न

    • प्रकाशित मितिः असार १४, २०८२
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी–अभिभावकको रोजाइमा धरान मेघा कलेज(भिडियो सहित)

    धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । २०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरी

    • प्रकाशित मितिः असार १४, २०८२
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णुले फेरी इतिहाँस रच्यो, ४ जीपीए सहित ९९ जना विद्यार्थी ‘ए प्लस’सहित उत्तीर्ण

    धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस पालीको एसइूई परीक्षामा ४ जीपीए सहित विद्यार्थी उतीर्ण भएका छन् । विद्यालयका केही विद्यार्थीले उच्चतम ग्रेडिङ ४.०० जीपीए सहित परीक्षा उत्तीर्ण गर्न सफल भएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए । १३१ जना परीक्षार्थी सामेल भएको विद्यालयबाट ३.६१ नय ४.०० जीपीए (ए प्लस) सहित ९९ जना, ३.२१ तय ३.६ जीपीए (ए) सहित २८ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ३ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए यस पटकको नतिजा अत्यन्त उत्साहजनक रहेको छ। प्रिन्सिपल श्रेष्ठले भने, “हामी हाम्रो विद्यार्थीको मेहेनत, शिक्षकहरूको

    • प्रकाशित मितिः असार १४, २०८२
    • 157 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved