इटहरी/ सुनसरीको इटहरी–६,मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयमा मंगलबार ‘ग्राण्डपेरेंट्स डे’ भव्य रूपमा सम्पन्न भएको छ। हजुरबुवा–हजुरआमाप्रति सम्मान, कृतज्ञता र संस्कार प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि प्राडा। टङ्क न्यौपानेले हजुरबुवा–हजुरआमालाई समाजका जीवित पाठशालाका रूपमा उल्लेख गर्दै उनीहरूको जीवन अनुभव, संस्कार र आशीर्वाद नै बालबालिकाको सबैभन्दा ठूलो मार्गदर्शन भएको बताए। उनले आधुनिक शिक्षाले प्रविधिसँगै मानवीय मूल्यलाई पनि उ
धरान/ धरान–१२ स्थित प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) अभिषेक श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। भारतको केरला राज्यस्थित कोचिमा जनवरी ६ तारिखमा सम्पन्न एसिया अवार्ड कार्यक्रमका क्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन्। उक्त कार्यक्रममा नेपालबाट पाँच जना प्रतिनिधि सहभागी रहे पनि कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ चयन हुनु धरान र समग्र प्रदेशका लागि गौरवको विषय बनेको छ। कले
धरान/धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउसको परिसरमा आइतबार निःशुल्क आँखा तथा नाक–कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। दिव्य ज्योती अस्पताल प्रा.लि. विराटनगर–१४ को सहकार्यमा आयोजना गरिएको शिविरबाट करिब २५० जना विद्यार्थी, अभिभावक तथा वडावासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। पुस २७ गते सम्पन्न भएको शिविरमा आँखासम्बन्धी रोग, दृष्टि कमजोर हुने, कान दुख्ने, नाक बन्द हुने, एलर्जी लगायतका समस्याको निःशुल्क परीक्षण गरिएको थियो । साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको र आँखा शल्यक्रिया आवश्यक परेका बिरामीलाई ५० प्रतिशत छुटमा अप्रेशनको सुविधा प्रदान गरिने व्यवस
सुनसरी/ सुनसरीकाे इटहरी -६ मा अवस्थित मोडर्न प्रिपेरेटरी माध्यमिक आवासीय विद्यालयले यही पुस २९ गते (मंगलबार) विद्यालय प्राङ्गणमा हजुरबुवा–हजुरआमाको आशीर्वाद महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले हजुरबुवा–हजुरआमा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई अनुशासन, नैतिकता र उत्कृष्टता जस्ता जीवनमूल्यलाई पुस्ता–पुस्ताबीच हस्तान्तरण गर्ने शैक्षिक तथा सामाजिक चेतनाको अभियान का रूपमा लिएको जनाएको छ। विद्यालयको शैक्षिक दर्शन अनुशासन, नैतिकता र उत्कृष्टता मा आधारित रहेको छ। विद्यालयका अनुसार जेष्ठ नागरिकको आशिर्वाद, अनुभव र मार्गदर्शन बिना साँचो शिक्षा पूर्ण हुन
धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य
धरान/ युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो। प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्। त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर
धरान/हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ। यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ। फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्। उनीहरूले सांस्कृतिक, आधुनिक
धरान/ कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्
धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ। धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलत