सिटी मन्टेश्वरीमा निःशुल्क आँखा तथा नाक–कान शिविर २५० जनाले लिए सेवा

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउसको परिसरमा आइतबार निःशुल्क आँखा तथा नाक–कान स्वास्थ्य शिविर सम्पन्न भएको छ।

दिव्य ज्योती अस्पताल प्रा.लि. विराटनगर–१४ को सहकार्यमा आयोजना गरिएको शिविरबाट करिब २५० जना विद्यार्थी, अभिभावक तथा वडावासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

पुस २७ गते सम्पन्न भएको शिविरमा आँखासम्बन्धी रोग, दृष्टि कमजोर हुने, कान दुख्ने, नाक बन्द हुने, एलर्जी लगायतका समस्याको निःशुल्क परीक्षण गरिएको थियो ।

साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको र आँखा शल्यक्रिया आवश्यक परेका बिरामीलाई ५० प्रतिशत छुटमा अप्रेशनको सुविधा प्रदान गरिने व्यवस्था गरिएको थियो।

मन्टेश्वरीकी निर्देशक ओमु कुमारी राईले विद्यालयलाई केन्द्र बनाएर समुदायस्तरमै यस्ता स्वास्थ्य सेवा उपलब्ध गराइनु निकै उपयोगी भएको बताइन।

“विद्यार्थी, अभिभावक र स्थानीयबासीलाई नजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो,” राईले जानकारी दिइन ।

दिव्य ज्योती अस्पतालका व्यवस्थापक विवेक श्रेष्ठका अनुसार समयमै आँखा तथा नाक–कान परीक्षण गराउँदा दीर्घकालीन स्वास्थ्य समस्या कम गर्न सकिने भएकाले यस्तो शिविर सञ्चालन गरिएको हो।

धरान-१६ टाेल बिकास संस्थाका प्रतिनिधिहरूकाे सहजकर्तामा स्थानीयबासीले आफ्नो क्षेत्रमा निःशुल्क विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved