सुनसरी । कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन हुन नसके पनि विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र आज बाट शुरु हुदै छ । सरकारको परिपत्र अनुसार विद्यालय तहको कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र आजबाट सुरु गरिने भएको हो । विद्यालयहरुले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर असार १ देखि नयाँ शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्दै छन् । असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने, अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् । असार १५ सम्म विद्या
धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्
सुनसरी । कोरोनाको महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि वैकल्पिक माध्यमबाट शुरु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक माध्यमबाट असार १ गते देखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन समेत दिएका छन् । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेख
धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
आज शुक्रबार । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा आराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पु¥याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अव
धरान । रोट्रयाक क्लब अफ धरान द्वारा रोट्रयाक छात्रावृत्ति प्रदान गरिएको छ । श्री सरस्वती प्राथमिक विद्यालयका २ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । रोटरी इन्टरनेशनलको साक्षरता अभियानलाई सहयोग पुर्याउन रोट्रयाक क्लबले रोट्रयाक छात्रावृत्तिको स्थापना गरेको हो । छात्रवृत्ति रोट्रयाक क्लब अफ धरान तथा रोटरी क्लब अफ विराटनगरका भुतपुर्व अध्यक्ष विनोद अग्रवालद्वारा प्रदान गरिएको हो । श्री सरस्वती प्राथमिक विधालय धरान १ पृथ्वीपथ निवासी कोमल साह र धरान १३ निवासी राज श्रेष्ठलाई श्री पब्लिक माविमा कक्षा ६ देखि १० सम्मका लागि अंगे्रजी माध्यममा पुर्ण छात्रा
धरान । कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढेसगैँ यस वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबर बसेको राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ । यस अघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक भएको थियो ।
विराटनगर । परीक्षा अगावै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारी र विद्यार्थीसहित १० जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गरिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार काठमाडौबाट ८ जना विद्यार्थीलाई शनिबार पक्राउ गरी विराटनगर ल्याइएको हो । यस्तै ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरेर ‘शिक्षा ऐन’ अनुसार म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ । इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो
धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।
इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि