धनकुटामा नौं दिन विद्यालय बन्द

  • बैशाख १०, २०७८
  • सन्तोष रुचाल
alt फाइल तस्वीर गूगल

धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ ।

धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

उनमा ज्वरो सहित निमोनिया पनि देखिएको छ । उनी अध्यायनरत कलेजमा एक दर्जन भन्दा बढी विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् ।

यसरी विद्यार्थीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स कलेजले सुचना जारी गरी बुधवार नै अर्को सुचना जारी नभएसम्म अनिश्चितकालको लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरेपछि लक्षण देखिएका सम्पूर्ण विद्यार्थीहरुको पिसिआर परिक्षण शुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्रनै विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका सिसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आहवान गरेका छन् ।

सुचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी भर्चुअल वा बैकल्पिक सिकाई विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुदै आएका परिक्षाहरु भने स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरी संचालन गर्न भनिएको छ । धनकुटामा यो सँगै कोरोना संक्रमणको सक्रिय संक्रमितको संख्या २ जना रहेका छन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved