धनकुटामा नौं दिन विद्यालय बन्द

  • वैशाख १०, २०७८
  • "सन्तोष रुचाल"
alt फाइल तस्वीर गूगल

धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ ।

धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

उनमा ज्वरो सहित निमोनिया पनि देखिएको छ । उनी अध्यायनरत कलेजमा एक दर्जन भन्दा बढी विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् ।

यसरी विद्यार्थीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स कलेजले सुचना जारी गरी बुधवार नै अर्को सुचना जारी नभएसम्म अनिश्चितकालको लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरेपछि लक्षण देखिएका सम्पूर्ण विद्यार्थीहरुको पिसिआर परिक्षण शुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्रनै विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका सिसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आहवान गरेका छन् ।

सुचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी भर्चुअल वा बैकल्पिक सिकाई विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुदै आएका परिक्षाहरु भने स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरी संचालन गर्न भनिएको छ । धनकुटामा यो सँगै कोरोना संक्रमणको सक्रिय संक्रमितको संख्या २ जना रहेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved