रोट्रयाक क्लबद्वारा धरानका दुई जनालाई छात्रवृत्ति

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । रोट्रयाक क्लब अफ धरान द्वारा रोट्रयाक छात्रावृत्ति प्रदान गरिएको छ । श्री सरस्वती प्राथमिक विद्यालयका २ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।


रोटरी इन्टरनेशनलको साक्षरता अभियानलाई सहयोग पुर्याउन रोट्रयाक क्लबले रोट्रयाक छात्रावृत्तिको स्थापना गरेको हो । छात्रवृत्ति रोट्रयाक क्लब अफ धरान तथा रोटरी क्लब अफ विराटनगरका भुतपुर्व अध्यक्ष विनोद अग्रवालद्वारा प्रदान गरिएको हो । श्री सरस्वती प्राथमिक विधालय धरान १ पृथ्वीपथ निवासी कोमल साह र धरान १३ निवासी राज श्रेष्ठलाई श्री पब्लिक माविमा कक्षा ६ देखि १० सम्मका लागि अंगे्रजी माध्यममा पुर्ण छात्रावृति प्रदान गरिएको हो ।


गुगल मिटको माध्यमबाट विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र खातिवडालाई डिजिटल सर्टिफिकेट प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो । लकडाउन खुलेपछि विद्यालय खुुल्न साथ विधार्थीहरुको भर्ना गरिने र प्रोजेक्ट क्लबको ४ बर्षे दिर्घकालीन परियोजना रहेको अध्यक्ष रेश्मा शाक्यले बताईन् ।


कार्यक्रम क्लबका सचिव रोजी श्रेष्ठद्वारा संचालन गरि अध्यक्ष रेश्मा शाक्यको अध्क्षयतामा सम्पन्न गरिएको थियो भने रोटरी क्लब अफविराटनगरका अध्यक्ष नविजु कुमार थपलियाको पनि उपस्थिति रहेको थियो ।

 

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved