अर्थ

    Showing 911-920 of 1,043 items.
  • कलिलै किवी बजारमा , गुणस्तरहीन हुँदा समस्या

    इलाम  / इलाममा उत्पादन भएको किवि बेलै नभई बजारमा निस्किएको हुँदा समस्या हुने भन्दै तत्काल रोक्न कुर्षिज्ञान केन्द्रले निर्देशन दिएको छ । काँचो किवि बजारमा आएको कलिलै किवि बजारमा आउँनाले गुणस्तरीय नहुने भएकाले यस्तो कार्य नगर्न र तत्काल बन्दगर्न कृर्षि ज्ञान केन्द्रले सूचना निकाली निर्देशन दिएको हो । कृर्षि ज्ञान केन्द्र इलामका निमित्त कार्यलय प्रमुख टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयूक्त मानिने किवी अहिलेनैै बजारमा आउन थालेको छ । यतिबेलाको किविमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्दगर्नुपर्ने बताएका छन । जिल्लामा किवी खेती फस्टाएको र प्रतिब

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,888 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कोरोनाले प्रदेश १ सरकारको आम्दानी खुम्चियो, ३० प्रतिशत खर्च कटौती गर्न मन्त्रालयहरुलाई निर्देशन

    विराटनगर । प्रदेश १ का मन्त्रालय तथा मातहत कार्यालयलाई ७० प्रतिशत मात्र खर्च अख्तियारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० प्रतिशत खर्च तत्काललाई कटौती गर्न निर्देशन दिएको छ । छुट्याएका सबै कार्यक्रममा बजेट खुला गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा बजेट अपुग सक्ने निश्कर्ष निकाल्दै आर्थिक मामिला तया योजना मन्त्रालयले बजेट खर्चको अख्तियारी कटौती गर्ने निर्णय गरेको बताइएका छ । सोहीअनुसार मन्त्रालयलाई औपारिक रुपमा खर्च री घटाएर कार्यक्रमहरु पुनः प्राथमिकीकरण गरी आर्थिक मामिला मन्त्रालयमा पठाउन भनिएको छ । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिंदै प्रदेश १ सरकारले चालू आर्थिक वर्ष

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 946 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • कोरोना नियन्त्रणमा दुई स्थानीय तहले गरे १ करोड बढी खर्च

    इलाम / इलामको सूर्योदय नगरपालिका र माईनगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैया खर्च भएको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार खर्च भएको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ ला

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 1,215 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • अब धरानमा घरमै बसेर अनलाईनबाट कर तिर्न सकिने

    धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,489 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारद्वारा राष्ट्रबैंकलाई नयाँ नक्सा भएको सिक्का निकाल्न अनुमति

    धरान । सरकारले गत जेठ ७ जारी भएको लिम्पियाधुरा, कालापानि , लिपुलेक सहितको नेपालको नयाँ नक्सा राखि एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छसोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार मन्त्रीपरिषदको निणर्य सार्वजनिक गर्दै नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएका बताएका छन् ।  

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त

    धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,327 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • इलामको कृर्षिमा ६ करोड ७२ लाख अनुदान

    इलाम / इलामको कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६÷७७ का लागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७२ लाख अनुदान आएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको तीन करोड ४६ लाख र संघिय सरकारकोे तीन करोड २६ लाख गरी कुल छ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । कृषि पेशामा आबद्ध किसानका लागि प्रदेशका अनुदानमा ७५ प्रतिशत र संघका अनुदानमा ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने केन्द्रका अ

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,750 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट

    धरान –  साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार ९६ हजार ८ सय प्रति तोलका दरले बिक्री भएको सुनको मुल्यमा ३ सय रुपौंयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो । माहसंघले तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,113 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

    सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मूल्यपाउन आन्दोलन गर्दै चिया किसान

    इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन । कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने नि

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 926 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved