धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।