अर्थ

    Showing 851-860 of 1,054 items.
  • क्षतिग्रस्त पश्चिम तटमा ‘स्पर’ बन्ने

    धरान । चतरा नहरमा पानी प्रवेश गराउन निर्माण गरिएका ‘स्पर’का कारण कोसी नदीले क्षति गरेको भन्दै आन्दोलित स्थानीयको माग सम्बोधन भएको छ । माग सम्बोधन भएपछि कोसीपीडित बेलका नगरपालिकाकावासीले अवरोध खोलेका छन् । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा पानी प्रवेश गराउन बनाइएको ‘इन्टेक’मा पानी प्रवेश नभएपछि पानी ‘डाइभर्ट’ गर्न स्पर निर्माणका लागि जलस्रोत तथा सिंचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यावसायीले काम थालेका थिए । सुनसरी मोरङ सिचाइ आयोजना अन्तर्गत कोशी नदीमा स्पर निर्माण कार्य विवादित बनेपछि सुनसरी र उदयपुर जिल्ला प्रशासनको ध्यानाकर्षण भएको हो ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेल्वे यार्ड निर्माण सम्पन्न गर्न संघको पहल

    धरान । एकिकृत भन्सार विन्दु (आइ.सि.पी.) मा निर्माणाधिन रेल्वे यार्डको शिघ्र निर्माण सम्पन्न गर्न मोरङ व्यापार संघले पहल थालेको छ । गत मंगलबार संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले निर्माणाधिन रेल्वे यार्डको निरिक्षण गर्दै शिघ्र कार्य सम्पन्न गर्न पहल गर्ने जनाएको छ । संघकै निरन्तर पहलबाट एकिकृत भन्सार विन्दुको निर्माण कार्य भएको थियो । आई.सी.पी.संचालनमा आईसकेको छ भने रेल्वे यार्डको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । निरीक्षणका क्रममा रिजालले रेल्वे यार्ड देखि आई.सी.पी., विराटनगरसम्मका लागि आवश्यक सडक र थप अन्य पूर्वाधारहरु विस्तार गर्ने कार्यहरु अघि बढि रहेको र आगामी मार्च २०२२ सम्म सम्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रित्तो भण्डारीटार

    धरान । ‘हामी अलिपछि नै झर्‍यौं, तर पनि आज ४० वर्ष भएछ यहाँ बस्न थालेको, उहिलेको शहर.. अहिले उराठ लाग्दो भाको छ,’ भण्डारीटारकी स्थानीय तारादेवी श्रेष्ठले भनिन्, ‘भण्डारीटार त कथाजस्तो भएको छ ।’ हामीले ‘सुम्निमा’ पढेर यो क्षेत्रको कल्पना गरेजस्तो, हाम्रा भावि सन्ततिले यहाँको कथा सुनेर मात्र कल्पना गर्न सक्लान्,’ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित् सुम्निमा उपन्यासको प्रसङ्ग कोट्याउँदै स्थानीय युवा राजेश कट्वाल भन्छन्, ‘यहीं अलिमाथि चावाचा, तल कोशी बगर । यतै हो सोमदत्त र सुम्निमाको मिलन भएको ठाउँ । हाम्रै कल्पनाजस्तो ‘भण्डारीटार कुनै सम

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘संक्रमणको फाइदा उठाएर कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने बढे’

    धरान । संक्रमणको फाइदा उठाउँदै बजारमा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी बढेको भन्दै नेपाल नागरक समाजले धरान उपमहानगरपालिकालाई ध्यानकर्षण गराएको छ । समाजले कोरोना संक्रमणको फाइदा उठाउदै व्यापारी व्यवसायी तथा औषधि पसलेहरुल मनोमालिन्य ढंगबाट रकम असुल्ने गरेको भन्दै प्रभावकारी अनुमन गरी उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउदै समाजका कार्यवाहक अध्यक्ष दिवस पोख्रेलले कोभिडको तेस्रो लहरका ओमिक्रोनको फाइदा उठाउँदै व्यापारी तथा मेडिकल व्यवसायीहरुले कृत्रिम अभाव र कालो बजारी सिर्जना गरेकोप्रति उपमहा

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनजागृति सामुदायिक वनमा अनियमितता : पूर्व अध्यक्षले हिसाब नमिलाउँदा लेखापरीक्षण गर्न अबरोध

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तयार गराउन ढिलाई भएको छ । समितिका पूर्व अध्यक्ष खड्ग बहादुर कार्कीले आफ्नो कार्यकालको चुस्त हिसाब किताब देखाउन नसकेकाले लेखापरीक्षण गराउन अबरोध भएको समितिका वर्तमान अध्यक्ष पर्शुराम काफ्लेले बताए । जडिबुटी प्रशोधन मेसिन खरिद गर्दा अनियमितता भएको, बोटविरुवा वृक्षारोपण गराउने क्रममा र आय व्ययका बिल भौचरहरु माथि विश्वासनियता नदेखिएको समेत अध्यक्ष काफ्लेले आरोप लगाए । २ वर्षअघि तेलपेल्ने मेसिनको कम्पनी दर ५ लाख रहेको तर उक्त मेसिन ९ लाख बराबरको मूल्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 798 पटक पढिएको
    • "लक्ष्मण कटुवाल"
  • युनियनद्वारा दुर्घटना रकम हस्तान्तरण

    धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो । युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्न

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा उन्नाइस करोड राजस्व संकलन

    धरान। चालु वर्षको पहिलो ६ महिनामा प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले १९ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार ३ हजार ६ सय २७ मुद्दा दर्ता हुँदा १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ राजश्व संकलन भएको हो । प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा राजश्व संकलन गर्न सफल भएको जनाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । चालु वर्षको गत ६ महिना

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 1,125 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशी विकास बैंकको प्रष्टीकरण: निक्षेप, शेयर र कारोबारमा विश्वस्त रहन आग्रह

    धरान/ बैंकले संचालन गरेको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम अपचलन भएको टिप्पणी प्रति सप्तकोशी डेभलपमेन्ट बैंकले ध्यानाकर्षण भएको जनाएको छ । बैंकले विज्ञप्ती जारी गर्दै रकम अपचलन भएको विषयमा कानुन बमोजिम उजुरी परि अहिले अनुसन्धानको क्रममा रहेको जनाएको छ । अनुसन्धानमै रहेको विषय प्रति थप टिकाटिप्पणी गर्न नमिल्ने भएकाले दोषि देखिएका व्यक्तिहरु उपर कानुन बमोजिमनै कारवाही हुने जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश १ मा स्थापित विश्वसनिय बैंकको रुपमा रहेको यस बैंक र कर्मचारीहरु प्रति वितृष्णा, भ्रम फैलाई निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी र अन्य सरोकारवाला सबैलाई नकारात्मक प्रभाव

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,043 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राउत नियुक्त

    धरान /  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतलाई नियुक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ति गरेका हुन् । सल्लाहकार राउतले आफू कुनै पनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका छन् । आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको परामर्शमा आफूले सकेको साथदिने प्रतिवद्धता जनाए । उनले प्रदेश १ मा जलविद्युत र कृषिका लागि ठूलो सम्भावना रहेको

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घाटा बजेटले योजना प्रभावित: करिब ३५ प्रतिशत कार्यान्वयन नहुने

    धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 843 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved