धरान । दैनिक उपभोग्य वस्तु लगायत निर्माण सामग्रीहरुको मूल्य बढ्दै गए पछि व्यापारीले भन्सार महशुल घटबढ गरिनु पर्ने बताएका छन् । अन्तराष्ट्रिय बजारमा कच्चापदार्थको अत्याधिक मूल्य वृद्धि भएका कारण महंगी बढ्न गएकाले मुल्यवृद्धि नियन्त्रणमा सरकारले उपायहरु समयमै अवलम्बन गर्न सुझाव दिएका छन् । मुल्य वृद्धि हुँदा उद्योगी व्यवसायीलाई आरोप लाग्न थाले पछि उनीहरुले मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । मोरङ व्यापार संघले मुल्यवृद्धिको दोष जति उद्योगी व्यवसायीलाई लगाउन थालेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आयातमा आधारित मुलुकमा भएको अहिलेको मुल्यवृद्धिको कारक उद्योगी व्यवसायीहरु नरहेक
धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् । शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संय
धरान । इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो । इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ । आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको छ । २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ । २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ ÷ ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ ÷
धरान । सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो । गत १२ पुस २०७७ मा सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो । आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा गतल कागजपत
धरान । केपी शर्मा ओलि नेतृत्वको सरकारले बनाएका महत्वकांक्षी योजनाहरु वर्तमान सरकारले कटौटी गरे पछि नेपालको महत्वकांक्षी योजना अन्तर्गत झापामा बन्न लागेको औद्योगिक पार्कको कामले गति लिन सकेको छैन । महत्वकांक्षी आयोजना अन्तर्गत नेपाल चीन फ्रेन्डससीपमा निर्माण हुन लागेको औद्योगिक पार्कको काम अगाडि बढ्न नसकेको हो । चीनको वान रोड वान वेल्ट अन्तर्गत ६३ अर्ब रुपैयामा प्रदेश नं. १ को झापाको दमकमा बन्ने औद्योगिक पार्क जग्गाधनीहरु लाई दिने मुआब्जा, मुलुकको राजनीतिक परिस्थिति, कोरोना कहर लगायतका कारणले बन्न नसकेको बताइएको छ । औद्योगिक पार्क व्यवस्थापन समितिका अनुसार आयोजना प्रस्तावित २२ सय विघा जग्गामध
धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत
धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ । मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम
धरान । भारतीय क्षेत्रमा रहेको मिरगञ्ज पुल एक महिना भित्र पुर्ण रुपमा संचालनमा ल्याउन भारतीय मन्त्रीले निर्देशन दिएका छन् । मिरगञ्ज पुल क्षतिग्रस्त बने पछि नेपाल तर्फबाट निर्यात तथा आयातमा समस्या बढ्दै गए पछि मोरङ व्यापार संघको पहलमा एक महिना भित्र पुल संचालनमा ल्याउन भारतीय पक्षबाट निर्देशन आएको छ । संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँपुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि माग गर्दै आएको थियो । संघले भारतीय निकायहरुमा निरन्तरको पहलबाट भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मकता देखाउँदै आगामी एक महिनाभित्र पुल पूर्ण रुपमा संचालनमा
धरान । दोस्रो चौमासिकको अन्त्य सम्म पनि अनुमान गरिए अनुसार आय नभए पछि धरान उपमहानगरपालिकाले १० प्रतिशत अनुमानित आन्तरिक आय घटाउँदै विनियोजित कार्यक्रमहरु पनि कटौती गरेको छ । धरान उपमहानगरपालिकाको १० औं नगरसभाले नवौं नगरसभाले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा मंगलबार भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गर्दै विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गर
धरान । धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिका भित्र रहेका कृषकहरुको व्यवसाय प्रवद्र्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको बताए । किसानहरुको पेशालाई प्रवद्र्धन गर्नका निम्ति खेतबारी जोत्ने प