मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा
धरान / कालो सुन भनेर चिनिएको अलैचीको खेती हुने जिल्लामध्ये धनकुटा पनि पर्दछ । एक समयमा अलैँचीको धेरै नै उत्पादन हुने धनकुटामा केही समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा धेरै नै उत्पादन घट्न पुग्यो । गत वर्षबाट भने पुन ः अलैचीको उत्पादन बढ्न थालेको छ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ । तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे । बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो । तर अहिले पुन ः नया बगान लगाएर अहिले बार्षिक १५ मन उत्पादन गर
विराटनगर /विराटनगर–१४ डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार्टअप पेभेलियनमा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । व्ययवसाय नफष्टाएको, पर्याप्त लाभ लिन नसकेको, व्यवसायिक योजना नभएर व्यवसाय सञ्चालनमा समस्या भए उक्त स्टलमा गई आफ्नो व्यवसायको स्वास्थ्य परीक्षण गर्न सकिने लगानी अनुसन्धानकर्ता सौजन्य तिम्सिनाले बताए । उनले मानिसको स्वास्थ्य जस्तै
धरान / धरान–१०, सैनिक चोकस्थित उद्यमशील सहकारीले शनिबार आप्mनो ११ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवस तथा १० औँ वार्षिक साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष भूपालप्रसाद घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८\७९ मा ९० लाख ७ हजार रूपैयाँ खुद मुनाफा गर्न सफल भएको जनाए । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा करीब साढे २ अर्ब रुपैयाँ कुल कारोबार गरेको उनले बताए । सहकारीले विभिन्न कोषहरूमा बाँडफाँट गर्दा शेयर बोनस कोषमा करीब ३० लाख २० हजार रुपैयाँ सञ्चित गरी ७ प्रतिशतका दरले लाभांश वितरण गरेको सहकारीले बताएको छ । सहकारीले आर्थिक वर्ष २०७८\७९ को अन्त्यमा करीब पौने ६ करोड र
धरान / देशभरका औद्योगिक क्षेत्रमा अवस्थित उद्योगीहरू आन्दोलनमा ओर्लिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अस्वाभाविक भाडा वृद्धि गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । लिमिटेडले एकैपटक आठ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको नेतृत्वमा उनीहरू आन्दोलित बनेका हुन् । महासङ्घले ९ दिनयता काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा निरन्तर आन्दोलन गरिरहेको छ । लिमिटेडले एकैपटक अस्वाभाविकरूपमा भाडा बढाएको महासङ्घको आरोप छ । महासङ्घका अध्यक्ष रामहिरा पाठकले काठमाडौँ, भक्तपुर, ललितपुर र पोखरामा अवस्थित औद्योगिक क्षेत्रमा आठ सय प्रतिशतसम्म भाडावृद्धि भएको जानका
मोरङ / उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा सञ्चालन भएको एक्स्पो पुष ६ गते सम्म सञ्चालन हुनेछ । ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टल आकर्षणको केन्द्र बिन्दु भएको छ । कपडा बताउने तरिका धेरैलाई थाहा भएका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरैको आकर्षण बढेकोे पंधाक थाकुफुङजइत खाँडी तथा ढा
धनकुटा / धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा धनकुटा महोत्सवको आयोजनासँगै औद्योगिक मेला र कृषि प्रदर्शनी गर्ने निर्णय गरेको हो । धनकुटा उद्योग बाणिज्य संघको बुधबार बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष विजयी सन्तोषी राईले बताए । अध्यक्ष राइले आगामी माघ ६ देखी १६ गते सम्म धनकुटा महोत्सवसँगै प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महोत्सवको आोजना टुडिख
धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट घटेको मूल्य आएसँगै निगमले आज राति १२:०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको प्रति लिटर १ सय ८१ बाट घटेर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै निगमले मूल्य घटाएको हो। हवाइ इन्धन (आन्तरिक र हवाइ इन्धन–बाह्य) को भने मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ। यस अघि पटक पटक मूल्य घटेर आएप
धनकुटा : धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा धनकुटा महोत्सवको आयोजनासँगै औद्योगिक मेला र कृषि प्रदर्शनी गर्ने निर्णय गरेको हो । धनकुटा उद्योग बाणिज्य संघको बुधबार बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष विजयी सन्तोषी राईले बताए । अध्यक्ष राइले आगामी माघ ६ देखी १६ गते सम्म धनकुटा महोत्सवसँगै प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महोत्सवको आोजन
धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो । तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए । उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका