विराटनगर नगरसभाको तेह्रौं अधिवेसन सम्पन्न

  • माघ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ ।

बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताए ।

आगामी दिनमा नगरसभा सदस्यहरूको अझै प्रभावकारी र रचनात्मक साथ र सहयोग रहने मेयर कोइरालाले विश्वास व्यक्त गरे । उनले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि अहोरात्र खटिरहेको उल्लेख गरे ।

“सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने नगरसभा सदस्य सबैको सामूहिक चुनौती रहेको छ ।

त्यसका लागि अनवरत रुपमा लागिपरेकै छौं,” उनले भने, “आफ्नो कार्यकाल पूरा गरेर विदा हुँदै गर्दा प्रमुख र उपप्रमुखले मात्रै होइन हरेक नगरसभा सदस्यहरूले पनि आफ्नो कार्यकालमा यस्तो कार्य ग¥यौं भनेर गर्वका साथ भन्ने अवस्था सिर्जना गर्न सकौं भन्ने चाहन्छु ।”

मेयर कोइरालाले अघिल्लो आर्थिक वर्ष ७३ प्रतिशत बेरुजु फछ्र्यौट गरेको जानकारी दिए ।

उनले आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका बताए । मेयर कोइरालाले टोल विकास संस्था परिचालन गरी विराटनगरको सौन्दर्यकरणसहित विकास अभियानमा टोल विकास संस्थाहरूलाई सहभागी गराउने योजना रहेको सुनाए ।

“यसले महानगरपालिका र विराटनगरवासीबीच सहकार्य गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु,” उनले भने, महानगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको छौं ।’

त्यस्तै कोइरालाले भौतिक पूर्वाधार निर्माणको कार्यलाई पनि तीव्रता दिइरहेको बताए ।

रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकलगायत १ अर्ब १५ करोडका विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा कोइरालाले जानकारी दिए ।

महानगरको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको र आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । उनले करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको बताए ।

विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको मेयर कोइरालाले बताए ।

सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको उनको भनाइ थियो ।

नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गरेकी थिईन् ।

चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ सय अर्थात् ३३ प्रतिशत मात्रै भएको उमेयर कार्कीले प्रस्तुत गरिन् ।

यसैगरी कुल अनुमानित व्यय ३ अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८ सय रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको कार्कीले बताईन् ।

सो खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७ सय रुपैयाँ अर्थात् ३० दशमलव ६५ प्रतिशत र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३ सय रुपैयाँ अर्थात् ४० दशमलव १४ प्रतिशत भएको उमेयर कार्कीले अर्धवार्षिक समीक्षा प्रस्तुत गरिन् ।

महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताईन ।

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको उनले जनाईन् । यस्तै जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिईन् ।

३ अर्ब २८ करोड ५ लाख रहेको बजेटलाई नगरसभाले संशोधन गरी ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पु¥याएको छ ।

त्यसैगरी न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाा संयोजक वासुबहादुर बस्नेत,

सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आ–आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गुरेको छ ।

सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले महानगरको विकासका सन्दर्भमा विभिन्न सुझावसँगै विचार व्यक्त गरेका थिए ।

नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved