विराटनगर/ उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रदान गरिएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्ष्ँता तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट वढी भन्दा वढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको ताल
धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ । राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो । उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा
धरान/ बंगलादेशका ठुला आयात, निर्यात व्यवसायीहरूको टोली धरानमा उपभोग्य वस्तुको निकासी, पैठारी व्यापारिक सम्भावना खोज्दै अवलोकन भ्रमणमा आएका छन् । बंगलादेश नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एनबी थापाको नेतृत्वमा बेसार, दूध पाउडर र कृषिजन्य बस्तुको निकासी, पैठारीको सम्भावना खोज्दै अध्ययन अवलोकन भ्रमणमा धरान आइपुगेको हो । टोलीमा बंगलादेशका ५ ठुला आयातकर्ताको सहभागिता छ । टोलीलाई गत शुक्रवार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित पदाधिकारीले धरानमा स्वागत गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा उत्पादनमा हुने बेसार र दूध पाउडरको निर्यातको सम्भावनामा भ्रमण टोलीको ध्यान के
दुहबी/ दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । २ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै स
इटहरी । इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको छ । इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालय मार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ । उपमहानगरपालिका द्वारा जारी पत्रमा भनिएको छ, ‘टोल विकास संस्थाहर
सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार
संखुवासभा/ संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु. दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका&nda
विराटनगर/ विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढा
धरान/ पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् । नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने
विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो । समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वा