काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागका अनुसार सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ । यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्ल
चतरा । बराहक्षेत्र नगरपालिकाको १५ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । आन्तरिक आय वृद्धि गर्न के कस्ता उपायहरू अपनाउन किन्छ त्यसतर्फ बराहक्षेत्र नगरपालिकाले १५औं नगर सभामा आव २०८१÷८२ को अर्ध वार्षिक पुरक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शुक्रबार नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेका थिए । नगर सभामा नगरको आन्तरिक आयतर्फ विनियोजित बजेटमा ७ करोड ३५ लाख ९० हजार १ सय ५० रुपैयाँ अनुमान गरिएकामा चालु आर्थिक वर्षको ६ महिना बित्दा २ करोड ५ लाख ९४ हजार १ सय १० रुपैयाँ मात्र यथार्थ सङ्कलन गर्न सकेको छ । नगर उपप्रमुख प्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुरक बजेट तथा कार्यक्रममा बराहक्षेत्र
काठमाडौं । नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठि
धरान ।मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका(४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका(१५ बाट बेलबारी नगरपालिका(२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्र
धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको भनाइ थियो । ‘बिहानदेखि रातिसम्म हेर्ने हो भने अधिकांश मिडियामा नकारात्मक र निराशाजनक समाचार मात्रै देख्न पाइन्छ । सामाजिक सञ्जाल हे¥र्यो नकारात्मक र निराशा, सञ्चारमाध्यम हे¥यो जताततै निराश
धरान । कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत कोशी प्रदेशकै पर्यटन राजधानी भेडेटारमा सम्मानित भएका छन् । कोशी प्रदेश सरकारका पर्यटमन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित आजदेखि सुरु भएको भेडेटार फुड फेष्टिबल २०८१ को अवसरमा सम्मान गरेका हुन् । सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा बढी समयदेखि धरानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।उनी सहित कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरेलाई पनि नगद र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री मण्डलले सम्मान गरेका छन् । पत्रकार वस्नेत र घिमिरेलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय एतिहासिक तथा पर्यटकीय स
धरान/डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।डिपो स्कुलले प्रभात स्कुललाई १–० र पुलिस स्कुलले समेत काम्रेल हाइ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हनु । खेलमा डिपो स्कुललका रिदम विक र पुलिस स्कुललका युगल विकेले गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका थिए । पहिलो र दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई र काम्रेल हाइ स्कुलका गोलकिपर नुयाङ राई घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति
धरान । गत बर्ष २०८१ सालको बैशाख २२ गतेदेखि २९ गते सम्म धरान ६ पानवारीमा भएको प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले अझै सम्म आयोजकलाई दिन्छु भनेको रकम दिएको छैन । मुख्य प्रायोजक सहित अन्य केही सहयोगी दाताले आयोजकलाई झण्डै दुई लाख भन्दा बढी रकम वुझाएका छैनन् ।जस्ले गर्दा आयोजकले अहिले सम्म खेलको आय व्यय सार्वजनिक गर्न सकेको छैन । खेल भएको एक वर्ष वित्न लाग्दा पनि मुख्य प्रायोजक सहित वचन दिएका केही वचनदाताले उक्त रकम अहिले सम्म आयोजक पानबारी फुटवल क्लबलाई उपलव्ध नगराएको अध्यक्ष भुपाल राईले बताए । स्थानीयस्थरबाटै आर्थिक सहयोगबाट नै आयोजना गरिएको उक्त प्रतियोगितामा झण्डै १२ लाख भन्दा बढी
धरान/ भारतीय पर्यटकलाई लक्षित गरी अंग्रजी नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको भेडेटार फेस्टिबलको १२ औं संस्करणमा पर्यटन र कृषि तथा स्थानीय जातीय परिकारलाई प्राथमितामा राखेर आयोजना गर्ने आयोजक भेडेटार होटल एसोसिएसनले जनाएको छ । यसका लागि तयारी थालिएको एसोसिएसनले जनाएको छ ।अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आयोजना गर्न लागिएकौ १२ औँ भेडेटार फुड फेस्टिभल पर्यटन र कृषि र स्थानीय स्तरमा रहेका जातीय परिकारहरुलाई प्राथमिकतामा राख्ने होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए । उनले फेस्टिबलको अवसरमा आएका आन्तरिक तथा वा
धरान/धरानको उद्यमशिल बचत तथा ॠण सहकारीले १२ औं वार्षिक उत्सव बृहत कार्यक्रम सहित नियमित साधारण सभा धरानमा मनाएको छ । शनिबार, धरान-१५ स्थित किराँत याक्थुङ चुम्लुङ भवनमा बार्षिक कार्यक्रम सहिर्त सााधरण सभा कार्यक्रम कोशी प्रदेश सभा सांसद रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । सहकारीले ब्लाष्ट राष्ट्रिय दैनिक पत्रिकाका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई रु १० हजार ५ रुपैया नगद सहित सम्मान गरेको छ । केन्द्रिय कार्यलय तथा देउराली सेवाकेन्द्रबाट ११ जनालाई, ईटहरी सेवाकेन्द्रबाट ८ जनालाई सम्मान गरेको छ । त्यसैगरी केन्द्रिय कार्यलयकी कर्मचारी ज्योती राई, देउराली सेवा केन्द्रकी विनि