फेस्टिबल कृषि र पर्यटनलाई बढी प्राथमिकतामा रहने

  • पुस १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतीय पर्यटकलाई लक्षित गरी अंग्रजी नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको भेडेटार फेस्टिबलको १२ औं संस्करणमा पर्यटन र कृषि तथा स्थानीय जातीय परिकारलाई प्राथमितामा राखेर आयोजना गर्ने आयोजक भेडेटार होटल एसोसिएसनले जनाएको छ ।

यसका लागि तयारी थालिएको एसोसिएसनले जनाएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आयोजना गर्न लागिएकौ १२ औँ भेडेटार फुड फेस्टिभल पर्यटन र कृषि र स्थानीय स्तरमा रहेका जातीय परिकारहरुलाई प्राथमिकतामा राख्ने होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

उनले फेस्टिबलको अवसरमा आएका आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी जातीय परिकारका स्टलहरुलाई प्राथकितामा राख्ने बताए । उनले यस्ता स्टलहरु आयोजकले निःशुल्क उपलब्ध गराउने जानकारी दिए ।

उनले यी सँगै पर्यटकलाई लक्षित गरी गाउपालिका तथा आसपासमा उत्पादन भएका कृषि सामाग्री र आसपासमा भएका पर्यटकीय स्थलको भ्रमणलाई प्याकेज बनाएर भ्रमण गराउने बताए ।

पुष १६, १७ र १८ गते आयोजना गर्न लागिएको फेस्टिबलमा आउने आन्तरिक तथा वाहय पर्यटकहरुका लागि पहिलो दिन भेडेटार आसपासका नमस्ते झरना, स्काई वाक, पाथीभरा भन्दिर, साँगुरीगढी लगायतका क्षेत्रमा भ्रमण अवलोकन गराइने, दोस्रो दिन, दोस्रो दिन ध्वजे डाँडाबाट हुने सनराइज, डाँडा बजारको होमस्टे, राजनी ताल अवलोकन गराएर डाँडाबजार होमस्टे वा नाम्जे होमस्टेमा बास बसाउने र तेस्रो दिन तमर रिभर र्याफ्टिङ, प्याग्लाइडिङ गराएर भेडेटारमा बास बसाउने प्याकेज बनाउने अध्यक्ष लिम्बुले जानकारी दिए ।

फेस्टिभलमा ५० हजारको संख््यामा आन्तरिक÷बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवद्र्धन गर्न गाउँपालिकाले सागुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पु¥याउन रिङ रोडको योजना अघि सारेको छ । गाउृँपालिकाको यो योजनालाई समेत फेस्टिबल सहयोग पुग्ने भेडेटारका होटल व्यवसायीहरुले अपेक्षा लिएका छन् । प्रधान होटलका सञ्चालक बाबुराम प्रधानले फेस्टिबलका कारण पर्यटकको आगमनसँगै विगतमा सुस्ताएको होटल व्यवसाय चलायमान हुने अपेक्षा लिएको बताए ।

फेस्टिभलका मार्फत पर्यटकीय स्थलहरू शैलुङ्ग डाँडा चाल्र्स भ्यु टावर स्काई ब्रिज, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, ओख्रे भ्यु टावर नमस्ते झरना,साँगुरी गढी, नाम्जे गाउँ होमस्टे, अजङको बरको रुख, थाउजेन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ्ग त्रिवेणी ध्वजे पदमार्ग, झण्डीडाँडा गोलखाडी र भेडेटार आसपासका ऐतिहासिक साँगुरीगढी लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत जोड दिइने आयोजकले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved