सुनसरी सहित लागुऔषध करोबारी ९ जना पक्राउ

  • पुस १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका(४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ ।

 त्यसैगरी मोरङको विराटनगर महानगरपालिका(१५ बाट बेलबारी नगरपालिका(२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम २० चक्की सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ ।

 जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट विराटनगर महानगरपालि  १८ स्थितमा खटिएको प्रहरी टोलीले को।१ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट लागुऔषध गाँजा १ सय ५५ किलोग्राम बरामद गरेसगै चालक धरान उप(महानगरपालिका(१२ का २४ बर्षीय राहुल बिश्वकर्मा र गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका(६ का १९ बर्षीय सुरज राईलाई नियन्त्रणमा लिईएको छ ।

 त्यस्तै इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले गढी गाँउपालिका(२ घर भई हाल दुहबी नगरपालिका(३ स्थित डेरा गरी बस्दै आएका २३ बर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved